२०८३ साउन ११ सोमबार

सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 

ई आर्थिक    शुक्रबार, साउन १७ २०७६
8K
Shares
सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 

ई–आर्थिक, काठमाडौं ।  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत उत्पादन बृद्धि गर्दै सो उत्पादनलाई बजार व्यवस्थापन गर्नका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले ठूलो मात्रामा उत्पादन गर्न जोड दिर्दै भन्नुभयो, ‘स्केल अफ प्रोडक्सन बढाउनुपर्छ ।

जसले गर्दा बजार पाउँन सकिन्छ । लागत कम पर्दछ । देशभित्रको बजारले उपभोग गर्न सकेन भने विदेशमा पनि लैजान सकिन्छ, यसका लागि सहकारीमार्फत काम गर्नुपर्दछ ।’ उहाँले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा बिहिबार बालुवाटार पुगेको सहकारीकर्मीको एक प्रतिनिधि टोलीसँग सो कुरा बताउनुभएको हो ।

किसानले उत्पादन गरेको बस्तु सोझै उपभोक्तासम्म पु¥पाई किसान र उपभोक्ता दुवै लाभान्वित हुने अवस्था सिर्जना गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्रीले काम गर्नेहरुलाई अपजस दिने परम्परा रहेको र अपजस दिन्छन् भनेर काम नगर्ने प्रवृत्ति समेत देखिएको वताउनुभयोे ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली” सोचलाई पुरा गर्न र दिगो विकास लक्ष्य अनुरूप नेपालको सहकारी अभियानले कृषि उत्पादन, वितरणका साथै वित्तिय सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले किसानले उत्पादन गरेको वस्तु सहकारीमार्फत सोझै बजारसम्म पु¥याउन सरकारले आवश्यक सहयोग पु¥याउने बताउनुभयो ।

सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत उत्पादन बृद्धि गर्दै सो उत्पादनलाई बजार व्यवस्थापन गर्नका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले ठूलो मात्रामा उत्पादन गर्न जोड दिर्दै भन्नुभयो ,‘स्केल अफ प्रोडक्सन बढाउनुपर्छ । जसले गर्दा बजार पाउँन सकिन्छ । लागत कम पर्दछ । देशभित्रको बजारले उपभोग गर्न सकेन भने विदेशमा पनि लैजान सकिन्छ, यसका लागि सहकारीमार्फत काम गर्नुपर्दछ ।’ उहाँले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा बिहिबार बालुवाटार पुगेको सहकारीकर्मीको एक प्रतिनिधि टोलीसँग सो कुरा बताउनुभएको हो ।

किसानले उत्पादन गरेको बस्तु सोझै उपभोक्तासम्म पु¥पाई किसान र उपभोक्ता दुवै लाभान्वित हुने अवस्था सिर्जना गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्रीले काम गर्नेहरुलाई अपजस दिने परम्परा रहेको र अपजस दिन्छन् भनेर काम नगर्ने प्रवृत्ति समेत देखिएको वताउनुभयोे ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली” सोचलाई पुरा गर्न र दिगो विकास लक्ष्य अनुरूप नेपालको सहकारी अभियानले कृषि उत्पादन, वितरणका साथै वित्तिय सेवा प्रवाह गर्दै आएको बताउनुभयो । प्रधानमन्त्री ओलीले किसानले उत्पादन गरेको वस्तु सहकारीमार्फत सोझै बजारसम्म पु¥याउन सरकारले आवश्यक सहयोग पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट

© 2026 All right reserved to earthik.com | Site By : Sobij