२०८३ साउन १० आइतबार

उन्नति र सहकार्यबीच मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर, पुसभित्र एकिकृत कारोबार

ई आर्थिक    शनिबार, साउन ११ २०७६
6.7K
Shares
उन्नति र सहकार्यबीच मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर, पुसभित्र एकिकृत कारोबार

ई–आर्थिक, काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच एक आपसमा मर्जरमा जानका लागि आज प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको संचालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् ।

रुपन्देही जिल्लामा केन्द्रिय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रिय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ ।

हाल उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ ।
अबका दिनमा उन्नतिले १ः१ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छ । साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ ।

दुई संस्थाबीच पुस हिना भित्र एकिकृत कारोबार गर्ने भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने छ ।

मर्जर पश्चात दुबै वित्तीय संस्थाको लघुवित्त बंैकिङ्ग प्रणाली, वित्तीय, मानवसंशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ ।

दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई सबल पूँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्थापित हुने भएको छ ।
दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई बन्ने वित्तीय संस्थामा ७ जना संचालक हुनेछन् । जसमा उन्नतिको अध्यक्ष नै मर्जर पश्चात अध्यक्ष रहने छ । साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकै सिईओलाई निरन्तरता दिईने भएको छ । कम्पनीको सेयर स्वाप रेसियो डिडिएबाट तय गरिने भएको छ ।

द्वितीय पक्षको प्रमुख कार्यकारी अधिकृतलाई मर्जर पश्चात् बन्ने वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा मर्जर पश्चात बन्ने वित्तीय संस्थाकोे कर्मचारी सेवा विनियमावली बमोजिम विगतको खाइपाइ आएको तलब भत्ता तथा सुविधा पाउने गरि समायोजन गरिनेछ । प्रथम तथा द्वितीय पक्षमा हाल कार्यरत अन्य कर्मचारीहरुको पद मर्जर पश्चात यथावत कायम राखिने भएको छ ।

स्थायी तथा हाल करारमा कार्यरत कर्मचारीलाई मर्जर पश्चात् बन्ने वित्तीय संस्थामा समायोजन गर्ने प्रयोजनको लागि समितिले निर्धारण गरे बमोजिमको प्रकृया अपनाई उपसमितिको सिफारिसमा आवश्यक परेमा स्वतन्त्र विज्ञको परामर्श लिई कर्मचारीहरुको योग्यता, अनुभव, दक्षता तथा कार्यविधिको आधारमा हाल कार्यरत सेवा अवधि समेत गणना हुने गरी वैज्ञानिक रुपमा समायोजन गरिनेछ । मर्जर पश्चात बन्ने वित्तीय संस्थाको कर्मचारी विनियमावलिमा उल्लेख भए बमोजिम हुनेछ तर निजहरुले हाल खाईपाई आएको तलब भत्ता नघटाइने संझौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij