२०८३ साउन ११ सोमबार

अछाममा सडक भासिँदा बस खस्यो, १५ जना घाइते, ४ को अवस्था गम्भीर

ई आर्थिक    बिहिबार, असार १९ २०७६
4.7K
Shares
अछाममा सडक भासिँदा बस खस्यो, १५ जना घाइते, ४ को अवस्था गम्भीर
बाजुरा । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिएका छन् ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताए । बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij