ई–आर्थिक, काठमाडौं : चालू आर्थिक वर्षको १० महिनामा कूल ५४ अर्ब ९६ करोड रुपैयाँको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
सोही अवधिमा ९ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, २० अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर लाभांश र ७५ करोड १७ लाख रुपैयाँ बराबरको ऋणपत्र सेयर सूचिकृत भएका हो ।
सूचीकृत शेयरको चुक्ता मूल्य चार खर्ब १५ अर्ब २१ करोड रूपैयाँ पुगेको छ ।
स्टकमा सूचीकृत कम्पनीको सङ्ख्या गत वैशाख मसान्तसम्म २०९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ वटा बीमा कम्पनी छन् ।
यस्तै कूल १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी र चार/चार वटा होटल तथा व्यावसायिक संस्था र चारवटा अन्य समूहका रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।