२०८३ साउन ११ सोमबार

उदयपुरको लाटीखोलामा मोटरसाइकललाई टिपरको ठक्कर, दुईजनाको मृत्यु

ई आर्थिक    बुधबार, असार ४ २०७६
4.7K
Shares
उदयपुरको लाटीखोलामा मोटरसाइकललाई टिपरको ठक्कर, दुईजनाको मृत्यु

ई–आर्थिक, उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्वर ७ को लाटीखोलामा बुधबार टिपरले मोटरसाइकललाई ठक्कर दिएको छ । उक्त ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ४६ वर्षे खगेन्द्र साम्पाङ र ४५ वर्षे जीवन साम्पाङको रहेको बुझिएको छ ।

बेल्टार बजारतर्फ जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको रहेको छ । टिपरका चालक र सह चालक फरार रहेकाले खोजीकार्य भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij