२०८३ साउन १२ मंगलबार

शेयर बजारमा दुई अङ्कको गिरावट, लगानीकर्तामा निराशा

ई आर्थिक    मंगलबार, असार ३ २०७६
6.3K
Shares
शेयर बजारमा दुई अङ्कको गिरावट, लगानीकर्तामा निराशा

ई–आर्थिक, काठमाडौं । शेयर बजार आज सोमबार समान्य अङ्कले सुधार भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०।०३ बिन्दुले बढेर २७०.२९ अङ्कमा पुगेको छ।

घटेको बजारमा कारोवार रकममा पनि गिरावट आएको छ। कूल १७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो।

स्टकका अनुसार कारोवार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ। त्यसमा बैंकिङ ०।४४, विकास बैंक १.४६ र लघुवित्त ४.८५ अङ्कले घटेका छन् । यस्तै होटल १३.८६, जलविद्युत् १.४, वित्त २.१३, निर्जीवन बीमा २८.३५, उत्पादन २१.६, अन्य ५.४४, जीवन बीमा ५०.४१ र सामूहिक लगानी कोष ०.०७ अङ्कले घटेको छ।

स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ। प्रतिकित्ता ३१२ को दरमा चार करोड २४ लाख ५६ हजार ५३० कारोवार भयो। यस्तै एनआइसी एशिया बैंकको प्रतिकित्ता ४६१ मा दुई करोड एक लाख ४१ हजार ४२५, शिवम् सिमेन्ट प्रतिकित्ता रु ६५६ मा एक करोड ९४ लाख ८२ हजार २१५, नेपाल बैंक लिमिटेड प्रतिकित्ता ३२३ मा ए करोड ८९ लाख ८१ लाख ६९२, प्रभु बैंक रु २६५ मा एक करोड ५७ लाख २७ हजार ८२७ र एनसिसी बैंकको २५६ का दरले एक करोड छ लाख ४५ हजार ५६६ मा कारोवार भई शीर्ष स्थानमा रह्यो।

स्टकका अनुसार आज गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६।९४ प्रतिशतले कमाउँदा गणपति माइक्रो फाइनान्स वित्तीय संस्था ६.८७, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.९३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ४.५८, माउण्टेन हाइड्रो नेपाल ३.९६, रैराङ हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ३.७० प्रतिशतले कमाए।

यसैगरी समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.३८, पञ्चकन्या माई हाइड्रोपावर ५.३०, नेपाल हाइड्रो डेभलपर्स ५.१४, युनियन हाइड्रो ४.८९, सिद्धार्थ इन्स्यारेन्स ४.७४ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.४४ प्रतिशतले गुमाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij