२०८३ साउन १० आइतबार

एकल महिलाका लागि आवास गृह सञ्चालन हुँदै, राष्ट्रपतिले उद्घाट्न गर्ने

ई आर्थिक    शुक्रबार, जेष्ठ १० २०७६
23.3K
Shares
एकल महिलाका लागि आवास गृह सञ्चालन हुँदै, राष्ट्रपतिले उद्घाट्न गर्ने

ई–आर्थिक, काठमाडौँ । मानव अधिकारका लागि महिला, एकल महिला समूहले आवासगृह सञ्चालन गर्ने भएको छ । संस्थाले पत्रकार सम्मेलन गरी रजत जयन्तीको अवसरमा सुरक्षित सेवा गृह सञ्चालन गर्न लागेको जानकारी गराएको छ ।

श्रीमान्को मृत्युपछि एकल जीवन बिताउँदै आएका महिलाका लागि लक्षित गरी सञ्चालनमा ल्याइने उक्त आवासगृह
काठमाडौँ महानगरपालिकाको हात्तीगाँैडामा निर्माण गरिएको छ ।

उक्त भवन आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २५ वर्षअघि एकल महिलालाई कोठा भाडामा दिनसमेत हिचकिचाउने गरेको संस्थाका अध्यक्ष लिलि थापाले जानकारी दिइन् ।

‘अहिले सबै जिल्लामा एकल महिला सङ्गठित भइसकेका छन्’, उनले भनिन् । एक लाखभन्दा बढी महिला सङ्गठित भएर आत्मनिर्भर बन्नुपर्ने थापाको भनाइ छ । रजत जयन्तीको अवसरमा संस्थाले स्वास्थ्य शिविर र सांस्कृतिक कार्यक्रमसमेत गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij