२०८३ साउन ११ सोमबार

एन आई सी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता

ई आर्थिक    शुक्रबार, जेष्ठ १० २०७६
7K
Shares
एन आई सी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच एक संझौता सम्पन्न भएको छ । संझौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ सम्मको छुट प्राप्त गर्न सकिने छ ।

उक्त संझौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाई छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij