ई–आर्थिक, काठमाडौं । चर्चित मोडेल खुश्वु ओलीलाई चेक बाउन्स मुद्दाले जेल यात्रामा पु¥याएको छ । सापटी लिएको रकम तिर्न खुश्बुले सप्तरीका गोपालबहादुर कट्वाललाई चेक दिएकी थिइन्।
आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक नसाटिएपछि कट्वालले कानुनी प्रक्रिया पु¥याउन चेक बाउन्स गरेका थिए । त्यसपछि कट्वालले खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए ।
सोही मुद्दामा मोडल ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि आदेश गरेको छ ।