२०८३ साउन १० आइतबार

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर बुढानिलकण्ठमा

ई आर्थिक    सोमबार, जेष्ठ ६ २०७६
5.8K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर बुढानिलकण्ठमा

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

उक्त काउन्टरको उद्घाटनमा बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।
बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ र सो काउन्टर अन्र्तगत उपत्यकाको बढ्दो क्षेत्रमा बैंकिङ्ग सहजता पु¥याउने आशा बैंकले लिएको छ ।

प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भतmजनहरुलाई पनि यस काउन्टरबाट सहज पहुँच मिल्ने आशा गरिएको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकले खाँदबारी स्थित शाखालाई सोहि ठाउँको खाँदबारी — १, प्रगतिटोल, संखुवासभामा स्थानतरण गरेको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको जानकारी दिएको छ ।

पाँच पटक बैंक अफ दि इएर अवार्ड प्राप्त गरिरसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सीलेन्स ‘बेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ । यसैबर्ष इक्रा नेपालद्वारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ‘ए’ बाट एप्लस ल्याई स्त्तरोनन्ति गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij