ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको छ । बैंकको यो ८० औं शाखा हो ।
देवानगंज गाँउपालिका २ देवानगंज बजारमा खोलिएको उक्त शाखामा केही समयमा नै एटिएम सेवा समेत सञ्चालनमा ल्याउने बैंकले जानकारी दिएको छ । गाँउपालिकाको उपाध्यक्ष पुनिता देवी यादवले उक्त शाखाको उद्घाटन गरेकी थिइन । थप यो शाखासँगै बैंकको काठमाडौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ शाखा गरी ८० शाखा पुगेको छ ।
यसका साथै बैंकले १ सय १२ एटिएम तथा १३ एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन केन्द्र, ५१ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएको छ ।