२०८३ साउन ११ सोमबार

आगलागीमा परी ३१ को मृत्यु, १० हजार बढी जनावर पनि मरे

ई आर्थिक    बुधबार, बैशाख २५ २०७६
5.5K
Shares
आगलागीमा परी ३१ को मृत्यु, १० हजार बढी जनावर पनि मरे
जुबा । दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । आगलागी गत आइतबार राति भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

सूचना, युवा र संस्कृतिमन्त्री मिचेल माथोक वालले दिएको जानकारीअनुसार आगलागीका कारण १३८ वटा घरमा क्षति पुगेको छ । त्यसैगरी दश हजारभन्दा बढी जनावर पनि मरेको समाचारमा जनाइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij