ई–आर्थिक, काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स र नेपाल मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा कम्पनीले नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा संझौता गरेको हो । नेपाल मेडिसिटी अस्पताल ललितपुरको भैसेपाटीमा रहेको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका थिए ।
सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्ने इन्स्योरेन्सले जानकारी दिएको छ ।