ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको महाप्रबन्धकमा डा. रवि उपाध्यायलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार उनलाई महाप्रबन्धमा नियुक्त गरेको हो । कम्पनीका प्रबद्र्धक तथा सञ्चालकहरुले उनलाई स्वागत गरेका थिए ।
कृषि क्षेत्रमा व्यवसायिक ढंगले काम गर्ने उद्देश्यका साथ खोलिएको यो कम्पनीले सम्बन्धित क्षेत्रमा काम गर्ने विज्ञलाई महाप्रबन्धकको रुपमा आवेदनको लागि यसअघि आव्हान गरेको थियो । यो कम्पनी मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको कम्पनी हो ।

अमेरिकाबाट एम. एस. सि., पि. एच. डी. गरेका उपाध्याय थाइल्यान्ड, जापान लगायत विभिन्न देशमा गरी करिब २६ वर्ष काम गरिसकेका छन् ।
उनको नेतृत्वले कम्पनीले आफ्नो स्थापनाको उद्देश्य प्राप्तिको बाटोमा लम्किदै नमुना ढंगबाट काम अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
यस क्षेत्रमा भएको आफ्नो अनुभव, क्षमताले कम्पनीलाई नमुना ढंगबाट अगाडि बढाउने प्रतिबद्धता डा. उपाध्यायले गरे ।