२०८३ साउन ११ सोमबार

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भेटियो बिस्फोटक पदार्थ

ई आर्थिक    शनिबार, बैशाख ७ २०७६
3.8K
Shares
दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भेटियो बिस्फोटक पदार्थ
बैशाख ७, २०७६, धनगढी । नयाँदिल्लीबाट काठमाडौँंतर्फ आउँदै गरेको बसबाट गएराति कैलालीमा लत्ताकपडा, ल्यापटप, धारामा प्रयोग गरिने टुटी र डेटोनेटर (बिस्फोटक पदार्थ) जस्तो देखिने सामग्री बरामद गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नं को बसलाई रोकेर जाँच गर्ने क्रममा १२ थान डिटोनेटर जस्तो देखिने सामग्री र करीब १६५ थान महिलाले लगाउने कपडा, दुई थान ल्यापटप, धाराको टुटीसहितका सामग्रीसहित बसलाई नियन्त्रणमा लिइएको डुडेझारी सशस्त्र प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताए ।

बरामद भएको डेटोनेटर जस्तो देखिने वस्तु डेटोनेटर भए नभएको बारे भने यकिन हुन सकेको छैन ।  विष्फोटक पदार्थ भए नभएको बारे जाँच गर्नका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij