२०८३ साउन १० आइतबार

के.एल.दुगड समूहको बहुउपयोगी चनाको सत्तू बजार

ई आर्थिक    बिहिबार, बैशाख ५ २०७६
4.4K
Shares
के.एल.दुगड समूहको बहुउपयोगी चनाको सत्तू बजार

ई–आर्थिक, काठमाडौं : के.एल दुगड समूहले चनाको सत्तू नेपाली बजारमा उपलब्ध गराएको छ । सो समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको नामबाट उक्त आफ्नो नयाँ उत्पादन बजारमा उपलब्ध गराएको हो । यो सत्तु हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ ।

ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको उत्पादक कम्पनीले जानकारी दिएको छ । ज्ञान सत्तूलाई पानीमा घोलेर स्वादअनुसार विरेनून वा साधानून, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ । त्यसैगरी पानीरदुध सँग घोलेर बाक्लो हलुवाको रुपमा पनि यसलाई खान सकिन्छ ।

विभिन्न स्वादिष्ट मिठाई तयार गर्न पनि यो सत्तु सकिने छ । पेट र पाचनको लागी राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरिरमा स्फूर्ती प्रदान गर्दछ ।

ज्ञान सत्तू एक स्वच्छ, स्वादिष्ट तथा पौष्टिक आहार हो । जसमा प्रोटिन प्रचूर मात्रामा पाईन्छ । यसमा नून, चिनी तथा कुनै प्रकारका वास्ना वा खाद्य परिरक्षी नमिसाएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij