२०८३ साउन १० आइतबार

राईलाई बिग मास्टर वाइन लक्की ड्र

ई आर्थिक    सोमबार, बैशाख २ २०७६
8.3K
Shares
राईलाई बिग मास्टर वाइन लक्की ड्र

इ–आर्थिक, काठमाडौं । रोयल काठमाडौं हिमालयन बेभरेज प्रालिले यस बर्ष सञ्चालन गरेको लक्की ड्र कार्यक्रम खुल्ला गरेको छ । उपत्यकाका लागि मात्र सञ्चालन गरिएको लक्की ड्र कार्यक्रम सोमबार काठमाडौमा खुल्ला गरिएको हो । लक्की ड्रमा समावेस गरिएका पाँच हजार कुपनबाट प्रथम पुरस्कार पल्सर १५० सीसी मोटर वाइक प्राप्त गरी पुरानो ठिमी, सुनिमा स्टोरका उज्जल राई भाग्यमानी सावित भएका छन् । उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाईले पुरस्कार हस्तान्तरण गरे ।

कम्पनीका बिक्री बितरण प्रमुख मिलन शर्माले शुभकामना मन्तव्य दिदै आफ्ना उपभोक्ता र ग्राहक वर्गमा यस कम्पनीद्वारा उत्पादित वाइन उपभोग र बिक्रीप्रति थप उत्पेरणा र हौसला प्रधान गर्न लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रमको कोड नाम ‘बिग मास्टर वाइन लक्की ड्र प्रोग्राम २०७५’ राखिएको थियो । कम्पनीद्वारा उत्पादित वाइन अत्यधिक रुचाएको र यसले गर्दा बिदेशी वाइन आयातमा कमी भइ राष्ट्रको आर्थिक हितका लागि समेत राम्रो भएको शर्माले बताए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष गणेश चापागाईले सम्पूर्ण कर्मचारी, बितरक, ग्राहक वर्ग, उपभोक्ता, मिडिया, पत्रकारले प्रदान गरेको साथ र सहयोगको कदर गर्दै नयाँ बर्ष २०७६ को शुभकामना दिए ।

कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर जिशुन चापागाईले नयाँ बर्ष २०७६ को शुभकामना दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताए भने क्वालिटी कन्ट्रोल एवम जेनरल मेनेजर डा. विएन मिश्रले उत्पादित वाइनको प्राविधिक र क्वालिटीका बारेमा प्रकाश पारे ।
लक्की ड्र कार्यक्रमअन्र्तगत प्रथम पुरस्कार मोटर वाइक एकथान, द्वितीय पुरस्कार स्कुटर दुइ थानलगायत २० थान रेफ्रिजेनेरेटर, १० थान ५५ इन्च टिभी र सान्तोना पुरस्कार २५ थान मोवाइल राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij