२०८३ साउन ११ सोमबार

नेपालबाट धागो आयात गर्न बङ्गलादेश इच्छुक

ई आर्थिक    सोमबार, बैशाख २ २०७६
5.4K
Shares
नेपालबाट धागो आयात गर्न बङ्गलादेश इच्छुक

इ–आर्थिक, काठमाडौं । नेपालका लागि बङ्गलादेशका राजदूत मासफी विन्ती साम्सले नेपालबाट बङ्गलादेशमा धागो आयात गर्न इच्छुक रहेको बताइन् । यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा उनले राखिन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा राजदूत साम्सले उक्त धारणा राखेकी हुन् ।

उनले बंङ्गलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुबै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन ।

राजदूत साम्सले दुबै देशबीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको बताइन् । उनले उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गरिन् ।
बङ्गलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल– बङ्गलादेश दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए ।

दुई मुलुक छिमेकी राष्ट्र हुन तापनि यी मुलुकहरु बीच अपेक्षीत मात्रामा व्यापार विस्तार हुन नसकेको बताए । साथै नेपाल र बङ्गलादेशमा हुने मेला तथा प्रदर्शनीले दुबै मुलुक बीचको व्यापार प्रवद्र्धनमा योगदान पु¥याएको बताउँदै यसमा अझ बढी जोड दिनुपर्ने बताए ।
बङ्गलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए ।

विविआईएन्, डब्लु टी ओ, सार्क, विमिस्टेक जस्ता संगठनमा नेपाल र बङ्गलादेशको साझा मुद्दा भएको र फुलबारी–बङ्गलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने अध्यक्ष मोरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij