२०८३ साउन १० आइतबार

हिमालबाट ४५ करोड बढी रोयल्टी सङ्कलन

ई आर्थिक    सोमबार, बैशाख २ २०७६
3.8K
Shares
हिमालबाट ४५ करोड बढी रोयल्टी सङ्कलन

ई–आर्थिक, काठमाडौं। यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ।

सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन्। ल्होत्सेमा सात समूहका ६६, मकालुमा चार समूहका ५३, अमादब्लममा चार समूहका ४१, कञ्चनजङ्घामा चार समूहका ३२, अन्नपूर्णमा तीन आरोही समूहका २३ आरोही छन्।

अघिल्लो वर्ष सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए। अनुकूल मौसमले यो वर्ष आरोहण उत्साहजनक हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। वैशाखको तेस्रो सातासम्म आरोही आउने भएकाले यो वर्ष आरोहीको सङ्ख्या बढ्ने विमागको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij