ई–आर्थिक, काठमाडौं । केन्यामा रहेकोे न्यू रंगिला बारबाट १२ जना नेपाली महिलालाई पक्राउ गरिएको छ।
केन्याको मोम्बासा काउन्टिस्थित न्यालीमा रहेको उक्त बारबाट केन्या प्रहरीले १२ नेपाली महिलालाई पक्राउ गरेको हो ।
केन्याको एक संचार माध्यम डेली नेसनका अनुसार केन्या प्रहरीले शनिबार विहान करिब ४ बजे उक्त बारमा छापा मार्ने क्रममा ती नेपाली महिलाहरुलाई पक्राउ गरिएको हो ।
मानव तस्करीको आंशकामा उक्त बारमा छापा मारिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली महिलासँगै बारका मालिक असिफ अमिराली जेजेठा पनि पक्राउ परेको जनाइएको छ। प्रहरीले उनको साथबाट क्यानेडियन पासपोर्ट समेत फेला परेको छ । तर उनी क्यानेडियन नागरिक नभएको बताइएको छ ।