२०८३ साउन १० आइतबार

प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा

ई आर्थिक    बिहिबार, चैत्र २८ २०७५
1.9K
Shares
प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं. २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

बैंकका यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा शभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुने जानकारी दिएको छ । बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारणहरु बैंकिङ्ग पहुँचभित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij