ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा शाखा विस्तार गरेकोे छ । का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा खोलिएको बैंकको यो ७९ औं शाखा हो । त्यसैगरी आजैबाट बैंकको परिसरभित्र ११२ औ एटिएम पनि सञ्चालनमा ल्याइएको छ ।
बैंकका संचालकहरु प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो । बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो ।

सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ । हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको बैंकले जानकारी दिएको छ ।
पाँच पटक ‘बैंक अफ दी ईएर’ अवार्ड प्राप्त गरिसकेको बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ । त्यसैगरी यो बैंक यसै बर्ष इक्रा नेपालद्वारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लसमा स्तरोन्नती गरेको छ ।