२०८३ साउन १० आइतबार

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्झौता

ई आर्थिक    मंगलबार, चैत्र २६ २०७५
8.9K
Shares
सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्झौता

ई–आर्थिक, काठमाडौं । सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

जंगी अड्डामा आयोजित एक कार्यक्रमका विच प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनको शुभारम्भ गर्नुभएको हो ।

नेपाल सैनिकद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच एक सम्झौता भएको थियो । सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

सम्झौता बमोजिम यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु. २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंक लि. को बबरमहलस्थित मुख्य शाखा कार्यालय लगायत यो कर्जा सुविधा उपभोग गर्न चाहने सैनिक सन्ततीहरुलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने जेहेन्दार एवं क्षमतावान नेपाल सैनिकका सन्ततीहरुले आर्थिक सहजताका लागि यो कर्जा सुविधा उपभोग गर्न आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क राख्नुहुन समेत बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij