२०८३ साउन ११ सोमबार

प्रदेश १ मा लगानी र हिमाल आरोही सम्मेलनको गरिने

ई आर्थिक    शनिबार, चैत्र २३ २०७५
4.7K
Shares
प्रदेश १ मा लगानी र हिमाल आरोही सम्मेलनको गरिने
ई–आर्थिक, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले लगानी र हिमाल आरोही सम्मेलन आयोजना गरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को दोस्रो साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले प्रदेशभित्रका हिमाल आरोहण गरिसकेका र आरोहणका लागि स्वदेशी तथा विदेशीलाई आकर्षित र कृषि, जलस्रोतजस्ता क्षेत्रको समुचित विकासका लागि सम्मेलनको आयोजना गर्न प्रदेश सरकारले आन्तरिक गृहकार्य सुरू गरिसकेको जानकारी दिए ।मुख्यमन्त्री राई स्विस सरकारको सहयोग प्रदेशभित्रका २५ वटा परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी लगानी सम्मेलन पूँजी भित्र्याइ यस क्षेत्रका जनताको समृद्धिको चाहना पूरा गरी रोजगारी क्षेत्रमा क्रान्ति ल्याउने दाबीसमेत गरे । उनले आगामी वैशाख १५ गतेसम्म प्रदेशको अद्यावधिक योजनाको तयार गरी त्यसका आधारमा नीति तथा कार्यक्रम र बजेट तयार गर्ने जानकारी दिए ।मुख्यमन्त्री राईले निजी क्षेत्रको साझेदारी बढाउने विधेयक प्रदेशसभामा चाँडै पेश गर्ने बताउँदै जलस्रोत, ऊर्जा लगानी बढाउन छुट्टै कोष निर्माणका लागि निम्ति प्रदेश सरकार आन्तरिक तयारीमा जुटेको जानकारी दिए । उनले यस क्षेत्रको छिमेकी राष्ट्रको पर्यटक वृद्धिका लागि विराटनगर विमानस्थलको धावनमार्ग तीन हजार मिटर बनाउन जग्गा अधिग्रहणको कार्य अगाडि बढाउने बताउँदै यसलाई भविष्यमा क्षेत्रीय अन्तर्राट्रिष्यस्तरको विमानस्थलको विस्तार गरिने दाबी गरे ।

मुख्यमन्त्री राईले जोगवनी किमाथान्का राजमार्गको चीनतर्फ जोडिने अब १८ किमिमात्र ट्रयाक खोल्नु बाँकी रहेको बताउँदै त्रिदेशीय यस सम्पर्क राजमार्गमा उद्योग व्यापारमा ठूलो फड्को मार्नुका साथै जनतामा रोजगारीको धेरै अवसर सिर्जना भई जीवनस्तर उकास्ने बताए ।

उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रको सहकार्यबाट मुलुकमा समृद्ध कायम हुने बताए । महासंघका प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसद मोती दुगड, किशोर प्रधानले प्रदेश सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन सहज कानूनी व्यवस्थापन लागि आग्रह गरे । एक दने उक्त सभामा प्रदेशका १४ जिल्लाका २०० प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij