२०८३ साउन ११ सोमबार

आङछिरिङ शेर्पा पोर्टरदेखि अर्थतन्त्रको ‘खम्बा’

ई आर्थिक    शुक्रबार, फाल्गुन १७ २०७५
5.7K
Shares
आङछिरिङ शेर्पा पोर्टरदेखि अर्थतन्त्रको ‘खम्बा’
काठमाडौं – नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको बुधबार एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा निधन भयो। शर्माको निधनले पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको छ। शेर्पाको निधनले पर्यटन व्यवसायमा मात्र नभई सिंगो देशमै अपूरणीय क्षति पुगेको पासाङल्हामु शेपा प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले बताए।

नेपाली पर्यटन व्यवसायमा सामान्य कामदार भएर प्रवेश गरेका शेर्पा पर्यटन व्यवसायको शिखरमै पुग्न सफल भएका थिए। यस क्षेत्रलाई अघि बढाउने, फलाउने फुलाउन शेर्पाको ठूलो योगदान रहेको सम्झन्छन्, महासचिव श्रेष्ठ। ४५ वर्षअघि सोलुखुम्बुको पाङ्गोमबाट काठमाडौं छिरेका शेर्पा सुरुमा भरिया मजदुर थिए। यो अवधिमा नेपालका उत्कृष्ट र प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा उभिन सफल भए।

दाजु लाक्पा सोनाम र भाउजू पासाङल्हामु शेर्पाले स्थापना गरेको थामसेर्कु ट्रेकिङ कम्पनी स्थापना गरी पर्यटन व्यवसायमा लागेका शेर्पाको निधनले करिब एक दर्जन व्यवसायले संस्थापक गुमायो। सन् १९९८ मा दाजुभाइ मिलेर यति एयरलाइन्स सुरु गरे। यो अवधिमा उनको एयरलाइन्स मुलुकको उड्डयन क्षेत्रमा अग्रणी बन्यो।

अहिले शेर्पाको लगानीमा तारा, हिमालयन, डाइनेस्टी एयर, अल्टिच्युड एयर सञ्चालित छन्। होटल व्यवसायमा समेत उत्तिकै जमेका शर्पाले  गोकर्ण फरेस्ट रिसोर्ट, लुम्बिनी होक्के, कसरा जंगल एन्ड रिसोर्ट, यती माउन्टेन होमलगायत ‘चेन रिसोर्ट’मा उनको लगानी छ।

शेर्पाको परिवारमा २५ वर्षको अवधिमा तीन वटा ठूला घटना भए। भाउजू पासाङल्हामुको सगरमाथाको आरोहणपश्चात् फर्कने क्रममा हिमपहिरोमा परी २०५० वैशाख ११ गते निधन भएको थियो। शेर्पा परिवारमा बुधबार भएको दुर्घटना तेस्रो हो।

उनका कान्छा भाइ टेन्डीको २०५५ सालमा हेलिकप्टर दुर्घटनामै ज्यान गएको थियो। लाक्पा सोनाम, आङछिरिङ र टेन्डी तीन भाइमध्ये दुई जनाको हेलिकप्टर दुर्घटनामै ज्यान गयो। पासाङल्हामु सगरमाथा आरोहण गर्ने प्रथम महिला हुन्। उनी नेपालको राष्ट्रिय विभूतिसमेत हुन्।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij