काठमाडौं । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । त्यस्तै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्ने पनि बैंकले जानकारी दिएको छ ।