२०८३ साउन १२ मंगलबार

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

ई आर्थिक    शुक्रबार, पौस १३ २०७५
4.5K
Shares
लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

भक्तपुर, १३ पुस : बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’…, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’…, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’….जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij