२०८३ साउन ११ सोमबार

घलेम्दी हाइड्रोले साधारण शेयर बिक्री गर्दै

ई आर्थिक    बुधबार, पौस ४ २०७५
3.5K
Shares
घलेम्दी हाइड्रोले साधारण शेयर बिक्री गर्दै

काठमाडौँ : घलेम्दी हाइड्रो लिमिटेडले रु १४ करोड ७८ लाख ७७ हजार बराबरका साधारण शेयर बिक्री गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु ५५ करोडको २० प्रतिशतले हुन आउने रु ११ करोड बराबरका रु १०० अङ्कित दरका ११ लाख कित्ता शेयरमध्ये दुई प्रतिशत कम्पनीको सेवामा रहेका कर्मचारीलाई छ्ट्याइएको छ ।

यस्तै ५५ हजार कित्ता सामूहिक लगानीका लागि छुट्याएर बाँकी रहेका १० लाख २३ हजार कित्ता र आयोजना प्रभावित म्याग्दी अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि बिक्री गरिएकामध्ये पूर्णरुपमा बिक्री नभएको चार लाख ५५ हजार ७७० कित्ता शेयर थप गरी १४ लाख ७८ हजार ७७० कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो ।

उक्त कम्पनीको शेयर यही पुस १९ देखि २३ गतेसम्म बिक्री गर्ने गरी बोर्डले स्वीकृति दिएको छ । इक्रा नेपालले सो कम्पनीको शेयरलाई कमजोर रहेको विश्लेषण गर्दै आइपिओ ग्रेड पाँच दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij