२०८३ साउन ११ सोमबार

७ वटा भन्सारमा प्रभु बैंकको काउण्टर

ई आर्थिक    बुधबार, मंसिर १९ २०७५
5.1K
Shares
७ वटा भन्सारमा प्रभु बैंकको काउण्टर

काठमाडौं । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्ने भएको छ । सो सम्बन्धी सम्झौंतामा आज एक कार्यक्रमका बीच भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बीच हस्ताक्षर सम्पन्न भएको छ ।

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ ।

बैंकको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij