डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरूले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।
गत अक्टोबरसम्ममा कोरिया भ्रमण गर्ने पहिलोमा थाइल्याण्डका नागरिकहरू, दोस्रोमा भियतनामीहरू र तेस्रोमा फिलिपिनीहरू थिए । त्यस्तै, कोरियनहरूले भ्रमण गर्ने राष्ट्रमा पहिलोमा भियतनाम, दोस्रोमा फिलिपिन र तेस्रोमा थाइल्याण्ड छ । कोरियामा गै्ररकानुनी तबरले विभिन्न आपराधिक कार्यमा संलग्न र सम्लग्न हुनसक्ने अनुमानमा विमानस्थल अध्यागमन विभागले सन् २०१७ को अप्रिलदेखि गत महिनासम्ममा २५ हजार ९ सय ८९ जना विदेशीहरूलाई विमानस्थलबाटै फिर्ता पठाएको थियो ।कारोबारबाट