२०८३ साउन ११ सोमबार

औद्योगितक वातावरण सृजना भयो : अर्थमन्त्री डा खतिवडा

ई आर्थिक    शनिबार, मंसिर १५ २०७५
2.9K
Shares
औद्योगितक वातावरण सृजना भयो : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १४ मङ्सिर : अर्थमन्त्री डा युवराज खतिवडाले औद्योगिक श्रम सम्बन्धमा कानूनतः रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौता तथा समझदारीबाट नयाँ औद्योगिक वातावरण सृजना गरिसकेको बताउनुभएको छ ।

मन्त्रालयमा ‘डुइङ बिजिनेस रिपोर्ट २०१९’ को सम्बन्धमा आज विश्व बैंकका प्रतिनिधिसँग भएको छलफलमा उहाँले केही वर्षदेखि असल औद्योगिक श्रम सम्बन्ध कायम रहेको अवगत गराउनुभएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालले लगानीको वातावरण सुधारका लागि नीतिगत र प्रणालीगत सुधारका कार्यलाई निरन्तरता दिइएको अर्थमन्त्रीको भनाइ छ ।

सो अवसरमा विश्व बैंकका प्रतिनिधिले अर्थमन्त्री डा खतिवडाको उच्च प्रतिबद्धताका लागि धन्यवाद दिँदै सरकारसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij