२०८३ साउन ११ सोमबार

गुराँस लघुवित्तले सेयर निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०७५
2.6K
Shares
गुराँस लघुवित्तले सेयर निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईबिएल एस क्यापिटल

काठमाठौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त वित्तीय संस्थाले सर्वसाधारणलाई प्रति शेयर रु.१००/-अंकित दरको २,५०,००० कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु. १० करोड, जारी पूँजी रु.७ करोड ७५ लाख र चुक्ता पूँजी रु.५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.७ करोड ७५ लाख हुनेछ ।

गुराँस लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्ला भित्र २२ वटा शाखा कार्यालय मार्फत् करिव ११,००० विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्घ गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । यो संस्थाले करिव रु. ७ करोड बचत संकलन तथा करिव रु.४९ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij