इन्टरपोलको ८७औँ महासभामा भाग लिन युएई आएका वेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् । उनले भने, ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को भावनालाई पूरा गर्न परदेशमा रहेका नेपालीको सीप क्षमताको आवश्यकता छ । देशमा लगानीको वातावरण रहेको छ । लगानीका सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ ।’ कार्यक्रममा उनीसँगै सिआइबीका निर्देशक डिआइजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, एसपी देउती गुरुङको पनि सहभागिता थियो ।
नयाँ पत्रिकाबाट