२०८३ साउन ११ सोमबार

बोगटीको परिवारलाई एलआईसीको ४४ लाख

ई आर्थिक    आइतबार, कार्तिक १८ २०७५
3.8K
Shares
बोगटीको परिवारलाई एलआईसीको ४४ लाख

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष स्व. रामकेशर बोगटीका परिवारलाई एल.आई.सी. नेपालले जीवन बीमाको रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच एलआइसी नेपालले ४४ लाख रुपैया हस्तानान्तरण गरेको हो ।

५८ बर्षीय बोगटीको असोज २३ गते विहान टीकाथलीमा विजुलीको तार जलेर र पोलले लागेर मृत्यु भएको थियो । स्थानिय त्रिपुर संगम समाज र एलआईसी नेपालले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उक्त बीमा रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, एलआईसीका कम्पनीका सचिव विनोद भुजेल र चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खडकाले स्व. बोगटीको परिवारलाई हस्तानान्तरण गरेका थिए । कार्यक्रममा चलचित्रकर्मीहरु तथा स्थानिय समाजसेवीहरुले स्व. बोगटीप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij