२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय मानवअधिकार मलेसियासँग सम्बन्ध स्थापना गर्दै आयोग

ई आर्थिक    मंगलबार, कार्तिक १३ २०७५
5.7K
Shares
राष्ट्रिय मानवअधिकार मलेसियासँग सम्बन्ध स्थापना गर्दै आयोग

काठमाडौँ, १३ कात्तिक : नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक मलेसियासँग राष्ट्रिय मानवअधिकार आयोगले सम्बन्ध स्थापना गर्ने भएको छ ।

अन्य मुलुकमा झैँ कामदारका विषयमा विभिन्न समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोग मलेसियासँग सम्बन्ध विस्तार गर्न लागेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिनुभयो ।

“यस बारे आवश्यक तयारी थालिएको छ, औपचारिक अनौपचारिक छलफल भइरहेको छ, सम्झौता गरेर अघि बढिन्छ”, उहाँले भन्नुभयो । सम्झौता भएसँगै द्विपक्षीय सहयोग आदानप्रदान हुने र त्यहाँ प्राप्त उजुरीका सम्बन्धमा नेपालबाटै सम्बोधन गर्न सकिने आयोगका सदस्य पाठकको भनाइछ ।

मलेसियामा करीब पाँच लाख आप्रवासी रहेको आयोगको तथ्याङ्क छ । विदेशबाटै उजुरी दिने व्यवस्था गर्न सके समयमै कामदारको अधिकार संरक्षण गर्न सहज हुनेछ । आवश्यक सीप र अनुभवको अभाव तथा दलालीको फन्दामा परेर विदेश गएका आप्रवासी कामदारले अहिले पनि समस्या झेलिरहेका छन् ।

सन् २०१८ को नोभेम्बरमा आयोगले कतारको राष्ट्रिय मानव अधिकार समिति दोहासँग सम्झौता गरी ११ बुँदे कार्यक्रम बनाएको थियो । सन् २०१६ को डिसेम्बर १८ मा उक्त सम्झौता कार्यान्वयनका लागि काठमाडौँमा हस्ताक्षरसमेत भएको थियो ।

सन् २०१० मा दक्षिण कोरियासँग समेत सम्झौता भएको थियो । कतारमा नेपाली बुझ्ने अधिकृत राखिएकाले कामदारले त्यहाँ पनि उजुरी दिन सक्नेछन् । यसअघि सन् २००९ मा जोर्डन, इण्डोनेशिया र फिलिपिन्सको मानवअधिकार आयोगसँग समझदारीको प्रयास पनि भएको थियो ।

आयोगले अहिले आप्रवासी कामदारको समेत अध्ययन गरिरहेको छ । अध्ययनबाट प्राप्त प्रतिवेदन सरकारलाई बुझाइने भएकाले आप्रवासी कामदारको समस्या समाधानमा सहयोगी बन्ने विश्वास आयोगको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij