२०८३ साउन ९ शनिबार

२६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०७५
5.1K
Shares
२६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा
एउटा सहकारीले रु २५ हजारदेखि पाँच लाखसम्म शेयर लगानी गरेका छन्, सहकारीको पम्प भएकाले निजी व्यवसायीको एशोसिएसनमा सदस्य नबस्ने 

चितवन । जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो ।

सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको उनले बताए । भट्टराईका अनुसार एउटा सहकारीले रु २५ हजारदेखि पाँच लाखसम्म शेयर लगानी गरेका छन् ।

सङ्घको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि करीब रु पाँच करोड लगानी गरिएको छ ।

पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकै पटकमा ८ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उनले बताए ।

एक लाख चार हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् ।

जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ। अधिकारीले डिजिटल विलिङबाट भुक्तानी गर्ने सुविधा राखिएको बताए । तेल ढुवानीका लागि दुई ट्याङ्करसमेत खरीद गर्ने तयारी गरिएको छ । र निजीको भन्दा सस्तो मूल्यमा इन्धन बिक्री गर्ने संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij