२०८३ साउन ९ शनिबार

साइनिङ स्टारका सञ्चालक समिति सदस्य अजय महर्जन पक्राउ

ई आर्थिक    बुधबार, असोज २४ २०७५
5.4K
Shares
साइनिङ स्टारका सञ्चालक समिति सदस्य अजय महर्जन पक्राउ

काठमाडौँ, २३ असोज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रु ४० लाख ७८ हजार ८८१ जरिवाना सजाय बेरुजु रही फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति सदस्य अजय महर्जन रहेको छ । काठमाडौँको ताहाचलबाट उनलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

महर्जनविरुद्ध ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७२ साल वैशाख १७ गते रु ४० लाख ७८ हजार ८८१ जरिवानाको फैसला गरेको थियो । पक्राउ परेको महर्जनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडाँै जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशले केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

अजय महर्जनसमेतका पदाधिकारीले आकर्षक व्याज र उपहारको प्रलोभन देखाई विभिन्न मितिमा निक्षेपकर्ताबाट सङ्कलित रकम रु चार करोड १७ लाख ५८ हजार ७१९ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरीद गरेको तथा निक्षेपकर्ताको सावा व्याजसमेत फिर्ता नगरी ठगी गरेका थिए । यसअघि नै ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरिसकिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij