२०८३ साउन ११ सोमबार

बैंकिङ कसुरका ६ अभियुक्त पक्राउ, दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पु¥याएको आरोप

ई आर्थिक    बुधबार, भाद्र १३ २०७५
2.7K
Shares
बैंकिङ कसुरका ६ अभियुक्त पक्राउ, दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पु¥याएको आरोप

काठमाडौँ, १३ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पु¥याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानि पु¥याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभगाका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् ।

पक्राउ परेकालाई उच्च अदालत पाटनबाट आज सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij