२०८३ साउन ११ सोमबार

इन्डोनेसियामा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, समुद्री तटीय क्षेत्रमा सुनामीको चेतावनी

ई आर्थिक    सोमबार, साउन २१ २०७५
5.3K
Shares
इन्डोनेसियामा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, समुद्री तटीय क्षेत्रमा सुनामीको चेतावनी

जाकर्ता: इन्डोनेसियाको लम्बोक टापुमा आइतवार अपरान्ह ७ म्याग्निच्यूडको भूकम्प गएको छ। इन्डोनेसियाको उत्तरी तटस्थित लोम्बोक द्वीप क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो ।

इन्डोनेसियाकको भूगर्भ विभागका अनुसार भूकम्प गएपछि त्यस आसपासको समुद्री तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । सुनामीको चेतावनीसँगै तटीय क्षेत्रका मानिसहरुलाई उच्च स्थानमा सर्न त्यहाँको सरकारी निकायले सर्वसाधरणलाई आग्रह गरेका छन् ।

समाचार अनुसार यो भूकम्प पृथ्वीको सतहभन्दा १० किलोटमिटर (६.२ माइल) तल गएको हो । एक साताअघि गएको अर्को शक्तिशाली ६‍.२ म्याग्निच्यूडको भूकम्पबाट १७ जनाको ज्यान गएको थियो ।

समाचार अनुसार चर्चित पर्यटकीय द्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्प मतराम सहरबाट ५० किलोमिटर उत्तर पूर्वमा रहेको छ। यो टापुमा तीन लाख १९ हजार जनसंख्या रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij