२०८३ साउन ११ सोमबार

मिनरल वाटरमा हानिकारक ‘ई-कोलाई’

ई आर्थिक    मंगलबार, साउन ८ २०७५
19.3K
Shares
मिनरल वाटरमा हानिकारक ‘ई-कोलाई’

विभागको तथ्याङ्क अनुसार सगरमाथा फुड एण्ड बेभरेज प्राइभेट लिमिटेड, गोदावरी मिनरल वाटर प्रोडक्ट, कोर स्प्रिङ्ग वाटर प्राइभेट लिमिटेड, माता सरस्वती खानेपानी प्राइभेट लिमिटेड, पचली भैरव पानी प्रशोधन उद्योग, रियल स्प्रिङ्ग एण्ड बेभरेज प्राइभेट लिमिटेड, एक्वा गोदावरी बेभरेज प्राइभेट लिमिटेडर कम्प्लिट मिनरल वाटर उद्योगमा हानिकारक जीवाणु भेटिएको हो ।

रोयल स्प्रिङ्ग मिनरल वाटर एण्ड बेभरेज प्राइभेट लिमिटेड, अक्वा सेफ ड्रिन्किङवाटर प्राइभेट लिमिटेड, स्प्रिङ्ग वाटर, बडीखेल खानेपानी उद्योग, क्वालिटी खानेपानी प्राइभेट लिमिटेड, एम्वी बेभरेज उद्योग, ए एण्ड बी बेभरेज प्राइभेट लिमिटेड र कम्प्लिट मिनरल वाटरद्वारा उत्पादित पानीमा पनि जीवाणु भेटिएको पुष्टि भएको विभागले जनायो ।

नाष्टले काठमाडौंका ५० खानेपानी उद्योगको पानीको परिक्षण गरेको थियो । बाँकी ३५ उद्योगद्वारा उत्पादित खानेपानी दूषित रहेको र थप अनुसन्धान भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । दूषित पानी बेच्ने पानी उद्योगमध्ये ७ वटामा शिलबन्दी गरिसकिएको छ ।

शिलबन्दी गरिएका उद्योगमा मातातीर्थको सगरमाथा फुड एण्ड बेभरेज, गोदावरीको गोदावरी मिनरल वाटर, कोर स्प्रिङ्ग वाटर, अक्वा गोदावरी बेभरेज र रियल स्प्रिङ्ग मिनरल वाटर छन् । त्यस्तै पचली भैरव पानी प्रशोधन उद्योग, धापाखेलको कम्प्लिट मिनरल वाटर उद्योगमा पनि शिलबन्दी गरिएको छ । विभागले स्प्रिङ्ग वाटर र बडीखेल खानेपानी उद्योगलाई शुद्ध पानी उत्पादन गर्न निर्देशन दिएको छ । बाँकी ६ उद्योगबाट उत्पादित पानीको नमूना संकलन गरेर अनुसन्धान शुरु गरेको कर्णले जानकारी दिए ।

देशभरका दुई सय ५० भन्दा बढी खानेपानी उद्योगबाट उत्पादित पानीको पनि नूमना परीक्षण भइरहेको विभागका महानिर्देशक कर्णले बताए । उनका अनुसार जनकपुरका ३ वटा पानी उद्योगमा पनि शिलबन्दी गरिसकिएको र दूषित पानी उत्पादन गर्ने उद्योगलाई कारवाही गरिएको छ । खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाउने उद्योगहरूलाई कारबाही गर्न आधा दर्जन ऐन भए पनि कार्यान्वयन नहुँदा सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर पर्दे आएको छ ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij