२०८३ भाद्र २९ सोमबार

मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

ई आर्थिक    आइतबार, असार २४ २०७५
6K
Shares
मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

काठमाडौँ, २४ असार : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने जनाएकोे छ ।

श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच आज मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर रोकिएका नेपाली कम्पनीको धरौटी वृद्धिलगायत कामदारका विषयमा कम्पनीका व्यवसायीले राखेका जिज्ञासामा मन्त्री विष्टले भन्नुभयो, “अनधिकृत रुपमा मलेसियाका लागि रकम उठाउने अनधिकृत कम्पनी ब्यूँतने कुनै अवस्था छैन ।”

मन्त्रालयले निर्णय गर्नुपूर्व नै सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति मात्रै बाँकी रहेकाको हकमा विवरण ल्याउन भने मन्त्रीले आग्रह गर्नुभएको छ । अवैध रुपमा ठगी गर्नेमाथि छानबिन जारी रहेको मन्त्री विष्टको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij