२०८३ साउन ११ सोमबार

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

ई आर्थिक    बुधबार, असार १३ २०७५
6.2K
Shares
मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी
होमप्रसाद लम्साल, १३ असार २०७५, अमेरिका – अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारी मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् ।

भण्डारी आज सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको जिल्ला ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट प्राथमिक चुनावमा विजयी भएका हुन्। उनी माथिल्लो तहको निर्वाचनमा विजयी हुने पहिलो नेपाली हुन् ।

उनका प्रतिद्धन्द्धी अमेरिकन नागरिकलार्इ पछि पार्दै  भण्डारी विजयी भएका हुन्।  भण्डारी आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेद्धवार हुन पाउने छन् ।

डेमोक्र्याटहरुको बाहुल्यता भएको यस क्षेत्रबाट आगामी नोभेम्बरमा पनि आफु जित्नेमा भण्डारी ढुक्क छन्। विजयीभएपछि उनले भने यो मेरो मात्र विजय नभएर समग्र नेपाली समुदायको विजय हो। आगामी निर्वाचनमा सबैको सहयोग भए अमेरिकामा पहिलो निर्वाचित राज्यसभा सदस्यका रुपमा नेपालीको नाम लेखिनेछ उनले भने।

निर्वाचन आयोगले भण्डारी निर्वाचित भएको जनाएपछि यतिखेर मेरिल्याण्डस्थित नेपाली रेष्टुरेन्टमा खुसीयाली छाएको छ। मेरिल्यान्ड डिष्ट्रिकमा एक लाख ३५ हजार मतदातामा ४२ हजार डेमोक्र्याट रजिष्टर मतदाता रहेका छन्। त्यहाँ एसियन मतादाताको संख्या ६ प्रतिशत रहेको निर्वाचित भण्डारीले बताए।  ८० प्रतिशत ह्वाईट अमेरिकनका बीच चुनावी प्रतिष्पर्धामा होमिएका भण्डारी मेरिल्याण्डका चर्चित सिनेटर क्याथी कलौजमैरको टिममा परेका छन्। क्याथीले प्राईमरी निर्वाचन जिते लगत्तै नोभेम्बरमा हुने निर्वाचनका लागि जट्न आह्वान गर्दै यस सफलताको श्रेय मतदातालाई दिइन् ।

क्याथीको टिमका सबै उम्मेदवार निर्वाचित भएका छन्। क्याथी डेमोक्र्याट पार्टीको संस्थागत प्यानलका प्रभावशाली नेता मानिन्छन्। भण्डारीसहित एरिक ब्रोमवेल, कार्ल ज्याक्सन र जो वेर्नर निर्वाचित  भएका हुन्।

डेमोक्र्याट पार्टीको विभिन्न तहमा बसेर काम गरेका भण्डारी मेरिल्याण्डमा शिक्षक प्रतिनिधिका रुपमा पनि संलग्न छन्। उनी युथ डेमोक्र्याट्को नेसनल सेक्रेटरी, अमेरिकन शिक्षक युनियनको भर्खरै मात्र निर्वाचित मेरिल्याण्डका प्रतिनिधि र डेमोक्र्याट पार्टीभित्र अल्पसंख्यक कससका बोर्ड डाईरेक्टर हुन् ।

उनले हिलारी क्लिन्टनको निर्वाचनमा नेपाली फर हिलारी भनेर अभियान चलाएका थिए। अमेरिकी डेमोक्र्याट पार्टीमा उपल्लो स्तरमा सम्बन्ध स्थापित गरेका ह्यारीले अमेरिकामा पहिलो पल्ट डेमोक्र्याट पार्टीको युवा संस्था युथ डेमोक्र्याटमा एसियन अमेरिकन ककस बनाउन निकै ठूलो भूमिका खेलेका थिए।

भण्डारीले चुनावी अभियानका क्रममा १८ हजार घरमा पुगेर प्रत्यक्ष रुपमा जनताबीच मत मागेका थिए। घर दैलोमा पुग्न नसकिएको घरहरुमा हुलाकबाट चुनावी एजेण्डाहरु पठाएर, व्यस्त चोकहरुमा ह्यारीको व्यानर लिएर प्रचार प्रचार गरिएको थियो ।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij