२०८३ साउन ११ सोमबार

दिपक मलहोत्राका व्यवसायिक साझेदार विमल पोद्दार पनि सुन तस्करी प्रकरण समातिए

ई आर्थिक    बुधबार, असार ६ २०७५
2.7K
Shares
दिपक मलहोत्राका व्यवसायिक साझेदार विमल पोद्दार पनि सुन तस्करी प्रकरण समातिए

६ असार, काठमाडौं । सामसुङ मोवाइल, सिल्भरसिटी, आईएमएस मोटर लगायत सञ्चालन गर्दै आएको चर्चित आईएमएस ग्रुप नेपाल अध्यक्ष दिपक मलहोत्राका व्यवसायिक साझेदार विमल पोद्दार पनि सुन तस्करी काण्डमा समातिएका छन् ।

संगठित रुपमा भइरहेको सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी पोद्दारलार्इ नियन्त्रणमा लिएको हो । हाल उनको बयान लिइरहेको समिति स्रोतले जानकारी दिएको छ ।

पोद्दारलाई मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

समितिले उनलाई सोधपुछ गरिरहेको जानकारी दिएको छ । स्रोतका अनुसार तस्करीमा पोदारको तस्करीमा संलग्नताबारे भने केही खुलाइएको छैन ।
समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij