२०८३ साउन १० आइतबार

होटेल यातुको सेयर विवाद उत्कर्षमा, एफएनसीसीआईका पूर्वउपाध्यक्ष ताम्रकार पक्राउ

ई आर्थिक    बिहिबार, जेष्ठ २४ २०७५
4.8K
Shares
होटेल यातुको सेयर विवाद उत्कर्षमा, एफएनसीसीआईका पूर्वउपाध्यक्ष ताम्रकार पक्राउ

भक्तपुर : भक्तपुरमा रहेको होटल यातुको सेयर विवाद उत्कर्षमा पुगेको छ । त्यही विवादका कारण नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उहाँकै निवास कमलविनायकबाट उहाँलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन शुरु हुनुअगावै विवाद सार्वजनिक भएको थियो ।

होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दावी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ । ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij