२०८३ साउन ११ सोमबार

‘सबैखालका ‘सिन्डिकेट’ निमिट्यान्न गरिने’

ई आर्थिक    आइतबार, बैशाख १६ २०७५
2.4K
Shares
‘सबैखालका ‘सिन्डिकेट’ निमिट्यान्न गरिने’

काठमाडौँ, १६ वैशाख : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारी तथा निजी सञ्चार माध्यमले देशको विकास कसरी हुन्छ भन्ने कुरामा गम्भीर बनेर तीव्र आर्थिक समृद्धि हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

अग्नि ज्वाला मासिकको नवौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले वर्तमान सरकार राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्दै आर्थिक समृद्धि हासिल गर्ने कुनै पनि क्षेत्रमा रहेका ‘सिन्डिकेट’ निमिट्यान्न गरी छाड्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विसं २०४६ पछि देशमा उद्योगधन्दा बेचेर खाने प्रवृत्ति बढेको चर्चा गर्दै ती उद्योगधन्दा सञ्चालन गर्ने तथा तत्काल रोजगार सिर्जना गर्ने तथा देशमा श्रम, शक्ति र ऊर्जा खर्च गर्ने वातावरण बनाउने मन्त्री यादवले बताउनुभयो ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य विष्णु विक, केन्द्रीय कार्यालय सदस्य तिलक परियार, अग्नि ज्वालाका प्रबन्ध निर्देशक धर्मराज विदुवाल, कर्णाली मिडियाका प्रबन्धक प्रकाश रोकायालगायतका वक्ताले देशमा आर्थिक रुपमा परिवर्तन गर्न सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij