२०८३ साउन ११ सोमबार

उदयपुरको चौडण्डिगढी नगरपालिका–९ को वडाध्यक्षलाई कार्यालय भित्रै थुनेर तालाबन्दी

ई आर्थिक    शुक्रबार, बैशाख १४ २०७५
5.8K
Shares
उदयपुरको चौडण्डिगढी नगरपालिका–९ को वडाध्यक्षलाई कार्यालय भित्रै थुनेर तालाबन्दी
डिल्लीराम खतिवडा, वैशाख १४, २०७५, उदयपुर — उदयपुरको चौडण्डिगढी नगरपालिका–९ को वडा कार्यालयमा शुक्रबार बिहान तालबन्दी गरिएको छ । वडा अध्यक्ष प्रकाश राउतलाई कार्यालय भित्रै थुनेर तालबन्दी गरिएको हो ।

सेवाग्राही प्रेमकुमार खड्कालाई दुव्र्यवहार गरेको भन्दै आक्रोशित स्थानीयले बिहान १० बजे अध्यक्ष राउतलाई भित्रै थुनेर तालबन्दी गरेका हुन । वडा कार्यालय जाने सेवाग्राहीलाई वडाअध्यक्षले विभेद गर्ने गरेको भन्दै तालबन्दी गरिएको खड्कासहितले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । बिहीबार सेवा लिन वडा कार्यालय गएका खड्कालाई अपशब्द प्रयोग गर्दै आक्रमण शैलीमा जुत्ता खोलेर प्रहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैबीच वडाध्यक्ष राउतले खड्का वहालवाला शिक्षक भएको र उपक्तोता समितिमा बसेर अनियमिता गरेको आरोप लगाएका छन् । वडाध्यक्ष राउतले वहालवाला शिक्षकले उपभोक्ता समितिमा बसेर काम सम्पन्न गरेको सिफारिस लिन आउँदा उल्टै दुव्र्यवहार गरेको बताए । जनताको काम गर्दा गर्दैपनि खड्का लगायतको समुहले कार्यालय भित्र थुनेर तालबन्दी गरेको वडाध्यक्ष राउतले वताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij