२०८३ साउन १० आइतबार

आतंक फैलाउन खोज्नेहरु जरैदेखि उखेलिन्छन् : गृहमन्त्री

ई आर्थिक    शुक्रबार, बैशाख १४ २०७५
3.2K
Shares
आतंक फैलाउन खोज्नेहरु जरैदेखि उखेलिन्छन् : गृहमन्त्री
भक्तपुर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पु-याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन् । गृहमन्त्री बादलले गत शनिबारको सांघातिक आक्रमणमा घाइते भएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका थिए ।

उनले, ‘अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौं।’

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरुको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उनले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने बताए ।

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी गराएका थिए । उनले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij