२०८३ साउन १० आइतबार

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

ई आर्थिक    मंगलबार, बैशाख ११ २०७५
4.4K
Shares
प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

काठमाडौं । प्रभु बैंकले काठमाण्डौको ज्ञानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा कार्यालय बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले एक समारोहका विच उद्घाटन गर्नुभएको हो ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना बैंकले बनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij