एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका सो प्रदेशमा छन् । २५ हजार ९०५ वर्ग किलोमिटर क्षेत्रफलको यो प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार ९४३ छ । २०६८ सालको जनगणनानुसार जनघनत्व १७५ दशमलव ०६ छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिशत हिस्सा ओगटेको छ । प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । त्यसैले सामथ्र्यका दृष्टिले प्रदेश नं. १ धेरै सम्भावनाले भरिएको अर्थशास्त्री डा. भेषप्रसाद धमलाले बताए ।
यहाँ सप्तकोसी जलाधार क्षेत्र र २० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, लोत्से, कञ्चनजंगा र कुम्भकर्ण हिमाल छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोसीटप्पु वन्यजन्तु आरक्ष यहीँ छ । धनकुटाको त्रिवेणीबाट सुरु भएर चीनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत शृंखलामा छ भने गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल यहीं पर्छन् । नेपालको कुल निकासीको ४१ दशमलव ४ प्रतिशत प्रदेश १ को छ ।
देशको सबैभन्दा होचो केचनावधदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि १ नम्बर प्रदेशले प्राप्त गरेको छ । यस हिसाबले पर्यटनको सम्भावना प्रचुर छ १ नम्बर प्रदेशमा । “१ नम्बर प्रदेशमा भएका स्रोत साधनलाई सदुपयोग गर्दैै अगाडि बढियो भने हामी छिट्टै आर्थिक रूपमा सम्पन्न हुन्छौंं,” उनी भन्छन्, “तर अब राजनीतिक मुद्दामा अलमलिनु हुँदैन । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्छ ।”
औद्योगिक, पर्यटन, ऊर्जा, कृषि, धार्मिक पर्यटन, भौतिक संरचनाको विकास सबै कोणबाट हेर्दा यो प्रदेशले धेरै सम्भावना बोकेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको भनाइ छ । “अब हामीले थियो र छ भनेर मख्ख पर्ने होइन काम गर्ने बेला आएको छ,” सारडा भन्छन्, “कुन–कुन क्षेत्रमा लगानी बढाउँदा प्रदेशको मात्रै होइन समग्र देशको आर्थिक विकास हुन्छ भनेर पहिला पहिचान गर्नु आवश्यक छ ।” उनकै शब्दमा यो प्रदेशको सामाजिक जनजीवनमा जुन प्रकारको विविधता र समग्रता पाइन्छ यो अर्को उल्लेख पक्ष हो । उत्तरी छिमेकी र दक्षिणी छिमेकीसँग आर्थिक सामाजिक, कारोबार बराबरी हुन सक्ने सम्भावनाको प्रचुरता पाइन्छ ।
जोगबनीदेखि किमाथांकासम्मको राजमार्गलाई विस्तार गरे अन्तर्राष्ट्रियस्तरमा समेत यो प्रदेश एउटा गहकिलो आर्थिक नाकाको रूपमा स्थापित हुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बताए । “विश्वको ठूलो आर्थिक हिस्सा ओगटेको दुई राष्ट्रबीचको यो मितेरी पुल बन्नेसमेत हुँदा यो प्रदेश नयाँ नेपालको सबै दृष्टिकोणले नम्बर एकै हुने विश्वास लिन सकिन्छ,” उनी भन्छन्, “तर, आर्थिक समृद्धिका लागि विविध कुराहरूमा दुरगामी सोच, परिकल्पना र साकार बनाउन नेतृतवमा दृढ इच्छाशक्ति आवश्यक हुन्छ ।” यसलाई परिपूर्ति गर्न यहाँको जनजीवन र नागरिक समाजले आफ्नोतर्फबाट समेत रचनात्मक पहल भने गर्नु अत्यावश्यक देख्छन् बोहरा ।
मध्यपहाडी लोकमार्गले १४ जिल्लामध्ये ९ वटा जिल्ला भएर जान्छ भने, पूर्व पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएकै छ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत यातायातका लागि अन्य स–साना स्थानीय सडकले सबै जिल्लालाई जोडेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग यस क्षेत्रको पहाडी जिल्लाहरूको विकासको मेरुदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरङ जिल्ला पुराना औद्योगिक जिल्ला हुन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन् । ती मध्ये विराटनगर विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न ट्रान्जिट विमानस्थलको अवधारणालाई अघि सारेर सुरु गरिहाल्नुपर्ने आवश्यकता देखिन्छ । तर, यसतर्फ कसैको ध्यान जान नसकेको पर्यटन व्यवसायी पुण्य भट्टराई बताउँछन् । विराटनगरबाटै सबै आन्तरिक उडान गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार लाग्नुपर्ने प्रदेशसभा सदस्य केदार कार्कीको भनाइ छ । “विराटनगरमै जहाजहरू राति बस्ने व्यवस्था मिलाउनुपर्छ,” उनले भने, “अनि बिहानै माउन्टेन फ्लाइटका साथै आन्तरिक उडान यहीँबाट सुरु गर्नुपर्छ ।” हाल काठमाडौं र विराटनगर मात्रै सिधा उडान छ । विराटनगरबाट पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेतलगायतका रुटमा पनि उडान गर्नुपर्नेमा उनको जोड छ । विराटनगरबाट माउन्टेन फ्लाइट गर्दा समय र खर्चसमेत कम लाग्ने पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठको दाबी छ ।
भाषिक, सांस्कृतिक र जातीय अवस्था
प्रदेश १ मा जातीय र सांस्कृतिक विविधता पाइन्छ । नेपालका प्राय सबै जातिको बसोबास रहेको यस प्रदेशमा बढी संख्या क्षेत्रीको छ । नेपालको जनगणना २०६८ अनुसार दोस्रोमा राईको जनसंख्या छ । क्षेत्रीको जनसंख्या ६ लाख ६९ हजार ९९८, राईको जनसंख्या ५ लाख १३ हजार ४५६ छ । बाहुन ५ लाख ७ हजार ९६३, लिम्बू ३ लाख ६४ हजार ८३०, तामाङ १ लाख ९४ हजार १३७, मगर १ लाख ८९ हजार २५० र थारु १ लाख ८८ हजार ३५५ बसोबास गछन् । यी मुख्य जातिहरूका अलावा यो प्रदेशमा पहाडे दलित ६.११ प्रतिशत, मधेसी दलित ३.१३ प्रतिशत, मुस्लिम ३.१५ प्रतिशत रहेका छन् । नेपालमा पाइने प्रमुख जाति यस प्रदेशमा बसोबास गर्दछन् । जातीय र सांस्कृतिक विविधताले प्रदेशलाई थप बलियो बनाएको छ भन्छन् संस्कृतिविद् प्राडा सोम खतिवडा । यो प्रदेशमा भएको भाषिक, सांस्कृतिक र जातीय विविधताले पनि अन्य प्रदेशलाई उछिन्ने खतिवडाको दाबी छ ।
मुलुक संघीयतामा प्रवेश गरेसँगै कुन प्रदेश स्रोत र साधनमा अब्बल छन् भन्ने बहस भइरहेको छ यतिबेला । आफुसँग भएका स्रोत र साधनको प्रयोग गर्दै छिटो आर्थिक विकास गर्ने योजनामा छन् सबै प्रदेश । देशका ७ प्रदेशमध्ये प्रदेश नम्बर १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले बलियो देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचूर सम्भावना छ । प्रदेशमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाली, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका सो प्रदेशमा छन् । २५ हजार ९०५ वर्ग किलोमिटर क्षेत्रफलको यो प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार ९४३ छ । २०६८ सालको जनगणनानुसार जनघनत्व १७५ दशमलव ०६ छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिशत हिस्सा ओगटेको छ । प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । त्यसैले सामथ्र्यका दृष्टिले प्रदेश नं. १ धेरै सम्भावनाले भरिएको अर्थशास्त्री डा. भेषप्रसाद धमलाले बताए ।
यहाँ सप्तकोसी जलाधार क्षेत्र र २० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, लोत्से, कञ्चनजंगा र कुम्भकर्ण हिमाल छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोसीटप्पु वन्यजन्तु आरक्ष यहीँ छ । धनकुटाको त्रिवेणीबाट सुरु भएर चीनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत शृंखलामा छ भने गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल यहीं पर्छन् । नेपालको कुल निकासीको ४१ दशमलव ४ प्रतिशत प्रदेश १ को छ ।
देशको सबैभन्दा होचो केचनावधदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि १ नम्बर प्रदेशले प्राप्त गरेको छ । यस हिसाबले पर्यटनको सम्भावना प्रचुर छ १ नम्बर प्रदेशमा । “१ नम्बर प्रदेशमा भएका स्रोत साधनलाई सदुपयोग गर्दैै अगाडि बढियो भने हामी छिट्टै आर्थिक रूपमा सम्पन्न हुन्छौंं,” उनी भन्छन्, “तर अब राजनीतिक मुद्दामा अलमलिनु हुँदैन । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्छ ।”
औद्योगिक, पर्यटन, ऊर्जा, कृषि, धार्मिक पर्यटन, भौतिक संरचनाको विकास सबै कोणबाट हेर्दा यो प्रदेशले धेरै सम्भावना बोकेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको भनाइ छ । “अब हामीले थियो र छ भनेर मख्ख पर्ने होइन काम गर्ने बेला आएको छ,” सारडा भन्छन्, “कुन–कुन क्षेत्रमा लगानी बढाउँदा प्रदेशको मात्रै होइन समग्र देशको आर्थिक विकास हुन्छ भनेर पहिला पहिचान गर्नु आवश्यक छ ।” उनकै शब्दमा यो प्रदेशको सामाजिक जनजीवनमा जुन प्रकारको विविधता र समग्रता पाइन्छ यो अर्को उल्लेख पक्ष हो । उत्तरी छिमेकी र दक्षिणी छिमेकीसँग आर्थिक सामाजिक, कारोबार बराबरी हुन सक्ने सम्भावनाको प्रचुरता पाइन्छ ।
जोगबनीदेखि किमाथांकासम्मको राजमार्गलाई विस्तार गरे अन्तर्राष्ट्रियस्तरमा समेत यो प्रदेश एउटा गहकिलो आर्थिक नाकाको रूपमा स्थापित हुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बताए । “विश्वको ठूलो आर्थिक हिस्सा ओगटेको दुई राष्ट्रबीचको यो मितेरी पुल बन्नेसमेत हुँदा यो प्रदेश नयाँ नेपालको सबै दृष्टिकोणले नम्बर एकै हुने विश्वास लिन सकिन्छ,” उनी भन्छन्, “तर, आर्थिक समृद्धिका लागि विविध कुराहरूमा दुरगामी सोच, परिकल्पना र साकार बनाउन नेतृतवमा दृढ इच्छाशक्ति आवश्यक हुन्छ ।” यसलाई परिपूर्ति गर्न यहाँको जनजीवन र नागरिक समाजले आफ्नोतर्फबाट समेत रचनात्मक पहल भने गर्नु अत्यावश्यक देख्छन् बोहरा ।
मध्यपहाडी लोकमार्गले १४ जिल्लामध्ये ९ वटा जिल्ला भएर जान्छ भने, पूर्व पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएकै छ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत यातायातका लागि अन्य स–साना स्थानीय सडकले सबै जिल्लालाई जोडेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग यस क्षेत्रको पहाडी जिल्लाहरूको विकासको मेरुदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरङ जिल्ला पुराना औद्योगिक जिल्ला हुन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन् । ती मध्ये विराटनगर विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न ट्रान्जिट विमानस्थलको अवधारणालाई अघि सारेर सुरु गरिहाल्नुपर्ने आवश्यकता देखिन्छ । तर, यसतर्फ कसैको ध्यान जान नसकेको पर्यटन व्यवसायी पुण्य भट्टराई बताउँछन् । विराटनगरबाटै सबै आन्तरिक उडान गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार लाग्नुपर्ने प्रदेशसभा सदस्य केदार कार्कीको भनाइ छ । “विराटनगरमै जहाजहरू राति बस्ने व्यवस्था मिलाउनुपर्छ,” उनले भने, “अनि बिहानै माउन्टेन फ्लाइटका साथै आन्तरिक उडान यहीँबाट सुरु गर्नुपर्छ ।” हाल काठमाडौं र विराटनगर मात्रै सिधा उडान छ । विराटनगरबाट पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेतलगायतका रुटमा पनि उडान गर्नुपर्नेमा उनको जोड छ । विराटनगरबाट माउन्टेन फ्लाइट गर्दा समय र खर्चसमेत कम लाग्ने पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठको दाबी छ ।
भाषिक, सांस्कृतिक र जातीय अवस्था
प्रदेश १ मा जातीय र सांस्कृतिक विविधता पाइन्छ । नेपालका प्राय सबै जातिको बसोबास रहेको यस प्रदेशमा बढी संख्या क्षेत्रीको छ । नेपालको जनगणना २०६८ अनुसार दोस्रोमा राईको जनसंख्या छ । क्षेत्रीको जनसंख्या ६ लाख ६९ हजार ९९८, राईको जनसंख्या ५ लाख १३ हजार ४५६ छ । बाहुन ५ लाख ७ हजार ९६३, लिम्बू ३ लाख ६४ हजार ८३०, तामाङ १ लाख ९४ हजार १३७, मगर १ लाख ८९ हजार २५० र थारु १ लाख ८८ हजार ३५५ बसोबास गछन् । यी मुख्य जातिहरूका अलावा यो प्रदेशमा पहाडे दलित ६.११ प्रतिशत, मधेसी दलित ३.१३ प्रतिशत, मुस्लिम ३.१५ प्रतिशत रहेका छन् । नेपालमा पाइने प्रमुख जाति यस प्रदेशमा बसोबास गर्दछन् । जातीय र सांस्कृतिक विविधताले प्रदेशलाई थप बलियो बनाएको छ भन्छन् संस्कृतिविद् प्राडा सोम खतिवडा । यो प्रदेशमा भएको भाषिक, सांस्कृतिक र जातीय विविधताले पनि अन्य प्रदेशलाई उछिन्ने खतिवडाको दाबी छ ।
थप रोजगारी सिर्जना गर्दै उद्योग
लोडसेडिङ कम भएसँगै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरूले लगानी थपेका छन् । यो क्षेत्रका उद्योगीले दैनिक १८ घन्टासम्म लोडसेडिङ झेलेका थिए । उद्योगमा लगानी गर्ने उपयुक्त समय आएको उनीहरू नै बताउँछन् । लोडसेडिङ कम हुनु, मजदुर समस्या समाधान हुनु, राजनीतिक अस्थिरता अन्त्य भएसँगै उद्योगीहरू आशावादी देखिएका छन् । यो क्षेत्रमा पछिल्ला केही वर्षयता उद्योगमा मात्रै १० अर्बभन्दा बढी लगानी भएको छ ।
उद्योग व्यवसायको सम्भावना देखेरै दर्जनौं मारवाडी परिवार राजस्थानबाट यो क्षेत्रमा आएर स्थायी बसोबास गरेको पाइन्छ । विराटनगर जुट मिलको स्थापनासँगै नेपालको आधुनिक औद्योगिक इतिहासको रूपरेखा कोरिएको हो । वि.सं. १९९३ असार ३० गते विराटनगर जुट मिल देशकै सबैभन्दा पहिलो उद्योगको रूपमा स्थापना भएको पाइन्छ । यो उद्योगको स्थापनासँगै जुट, चिनी, सलाई, स्टील, भाँडा, धागो, कपडा, फलामलगायतका उद्योगहरू खुले । “यसरी बाहिरबाट आएका व्यक्तिहरूको समेत उद्योग व्यवसायमा रुची बढ्नु निर्यातमा सहज हो,” उद्योगी उद्योगी महेश जाजु । “यो क्षेत्रमा विराटनगर, काँकडभिट्टा र पशुपतिनगर मुख्य तीनवटा नाका भएकाले आयात निर्यातमा सहजता छ,” जाजुले भने ।
कृषिजन्य उद्योगका लागि पनि १ नम्बर प्रदेशले प्रचुर सम्भावना बोकेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाइ छ । “जुट, चिनी, अदुवा, चियालगायतका कृषिजन्य उद्योगहरूका लागि उपयुक्त स्थान १ नम्बर प्रदेश नै हो,” उनले भने, “जडीबुडीजन्य उद्योगहरू पनि स्थापना गर्न सकिन्छ ।” कृषिजन्य उद्योगका रूपमा रहेका जुट उद्योगले हरेक वर्ष ५ अर्ब रूपैयाँ बराबरका तयारी सामग्री निर्यात गर्छन् । यसले पनि नेपालको व्यापार घाटालाई केही हदसम्म कम गरेको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाको ठम्याइ छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रसहित १ नम्बर प्रदेशमा झण्डै एक हजारको हाराहारीमा साना–ठूला उद्योग छन् । यी उद्योगहरूमा १ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । विशेष आर्थिक क्षेत्र, लोडसेडिङ अन्त्य, दक्ष जनशक्ति, भौतिक संरचनाको विकासलगायतका सुविधा प्राप्त भए १ नम्बर प्रदेशमा ओद्योगिक विकासको प्रबल सम्भावना रहेको मोरङ व्यापार संघका महासचिव नविन रिजाल बताउँछन् ।
यो क्षेत्रमा सिमेन्ट र कृषिजन्य उद्योगको प्रचुर सम्भावना देख्छन् उनी । मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलाङचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी तथा भण्टाबारी नाका चर्चित छन् । उत्तरका नाका चालु अवस्थामा नभए पनि दक्षिणका नाका अहिले सञ्चालनमै रहेको छ । सडक सञ्जाललाई व्यवस्थित बनाउँदै उत्तर चीनसँग जोडिएका नाका पनि सञ्चालनमा ल्याउन सके यस प्रदेशमा अझै औद्योगिक व्यापार फस्टाउने उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे बताउँछन् ।
आईसीपी र रेलमार्गमा उद्योगीको आश
विराटनगरको दक्षिणी सीमावर्ती बुधनगरमा अत्याधुनिक सुविधासम्पन्न एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को निर्माण धमाधम भइरहेको छ । १ सय २९ बिघा क्षेत्रफलमा बन्ने आईसीपीको निर्माण कार्य हाल धमाधम भइरहेको छ । निर्माण भइसकेपछि आयात निर्यातका धेरै समस्या समाधान हुने उद्योगीहरू नै बताउँछन् । भारत र नेपालतर्फ एउटै नमुनाको आईसीपी बन्नेछ । भारततर्फ भने सञ्चालनमा आइसकेको छ । बथनाहादेखि कटहरीसम्मको रेलमार्ग निर्माण भइरहेको छ । रेलका लागि ट्रयाक खुलिसकेको छ । कटहरीसम्म रेल आएपछि आयात–निर्यातमा ढुवानी खर्च हट्ने उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए । “लगानीका लागि सम्भावनाहरू बढ्दैछन्,” उनले भने, “सरकारले अब लगानीमैत्री नीति मात्रै बनाउनुपर्छ । लगानीका लागि उद्योगीहरू तयार छन् ।”
जलविद्युत्मा झनै अब्बल
बढी विद्युत् उत्पादनको सम्भावना १ नम्बर प्रदेशले बोकेको छ । यस प्रदेशमा १० वटा ठूला जलाशययुक्त आयोजनाबाट मात्र ७ हजार ५ सय मेगावाट बिजुली उत्पादन सम्भावना रहेको छ । ३ हजार ४ सय ८९ मेगावाट क्षमताको सप्तकोसी उच्च बाँध, १ हजार ३ सय ५७ मेगावाटको सुनकोसी–१, ७ सय ६२ मेगावाट तमोर, ६ सय ९६ मेगावाट तमोर–१ आयोजना यस प्रदेशमा पर्दछन् । त्यसैगरी कन्काई (८४), दूधकोसी–१ (३००), दूधकोसी–२ (३००), माई (६२), अपर माई (५३), तमोर–३ (१८६) लगायत आयोजनाको सम्भावना यस प्रदेशले बोकेको छ । ऊर्जामा मात्रै लगानी बढाउने हो भने एक नम्बर प्रदेशका जनताले अरु गर्न पर्दैन भन्छन् ऊर्जाका जानकार राकेश सुराना । उद्योग संगठन मोरङका ऊर्जा समिति संयोजकसमेत रहेका सुरानाकै शब्दमा १ नम्बर प्रदेशमा २ हजार मेगावाटभन्दा बढी पाइप लाइनमा छन् ।
अरुण तेस्रो निर्माणको प्रक्रियामा अगाडि बढिसकेको छ । जहाँबाट ९ सय मेगावाट विद्युत उत्पादन हुने अनुमान छ । त्यसका लागि अध्ययनसमेत भइसकेको छ । प्रदेशमा निर्माणाधीन विद्युत् आयोजनाहरू समयमै सम्पन्न भए अबको २ वर्षमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य हुने देखिएको छ । अहिले १ नम्बर प्रदेशमा विद्युत् उत्पादन ४० मेगावाट छ । तर अबको २ वर्ष अर्थात आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्ममा पूर्वमा निर्माणाधिन आयोजनाबाट मात्रै ३ सय ५ मेगावाट विद्युत् उत्पादन हुनेछ । उर्जा मन्त्रालयको तथ्यांकअनुसार पूर्वमा १ सय ८० मेगावाट विद्युत्को माग छ । विद्युत् मागको प्रतिशत १५ मात्र छ । ३ वर्षमा विद्युत् माग बढेर २ सय ७३ मेगावाट पुग्नेछ । हाल १ नम्बर प्रदेशका लागि भारतबाट झन्डै १ सय ३० मेगावाट विद्युत् आयात भइरहेको छ । मागअनुसार विद्युत् आपूर्तिका लागि आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने देखिन्छ ।
उर्जा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६ को अन्त्यसम्ममा १ नम्बर प्रदेशबाटै अरुण र सप्तकोसीका ठूला आयोजनाबाहेक साना आयोजनाबाट मात्रै ४ सय ७६.७३ मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यतिबेलासम्ममा विद्युत् मागको १५ प्रतिशतले वृद्धि हुने प्रक्षेपणअनुसार ३ सय १४ मेगावाट आवश्यक पर्नेछ । प्रस्तावित आयोजना र ठूला आयोजनाहरूको निर्माण सम्झौता हुने र निर्माण कार्य सम्पन्न हुने हो भने १ नम्बर प्रदेशमा मात्रै अबको दशकभित्रै झन्डै २१ सय मेगावाट विद्युत् उत्पादन हुने सम्भावना छ ।
१ नम्बर प्रदेशमा यतिका आयोजना निर्माण सम्पन्न हुने हो भने मात्रै पनि यस क्षेत्रको आर्थिक वृद्धिदर बढ्ने र भारतलाई झन्डै १ हजार मेगावाट विद्युत् बेच्न सकिन्छ । देशभरलाई पुग्नेभन्दा निकै बढी बिजुली १ नम्बर प्रदेशमै उत्पादनको सम्भावना देखिए पनि उत्पादन प्रवद्र्धन गर्न सरकारले नसकेको उर्जासम्बन्धी जानकार सुरानाको भनाइ छ । प्रदेशका खोला र नदीहरूबाट मात्रै २० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादनको क्षमता रहेको अनुमान गरिएको छ । त्यसमा पनि सप्तकोसीमा मात्रै ४ हजार ६ सय मेगावाट बिजुली उत्पादनको पहिचान भएको छ । १ नम्बर प्रदेशको इलाम, पाँचथर, संखुवासभामा धेरैजसो विद्युत् आयोजना सञ्चालन तथा निर्माणाधिन छन् ।
पर्यटनमा सम्भावनै सम्भावना
उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचूर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचूर सम्भावना बोकेका क्षेत्र हुन् ।
सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । भेडेटारमा त आन्तरिक र भारतीय पर्यटकका कारण विशेष गरी विदाको दिन पाइला राख्ने ठाउँ हुँदैन । यहाँ पर्यटन क्षेत्रमा लगानी गर्नेको ओइरो नै लागेको छ । पर्यटकलाई लक्षित गरी सप्तकोसीमा जलयातायात सुरु गरिएको छ । प्रदेश १ धार्मिक पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरीजस्ता महत्वपूर्ण धार्मिक क्षेत्र छन् । प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षीजस्ता धार्मिक क्षेत्र छन् । पाथीभरा र हलेसीमा मात्रै हरेक वर्ष हजारौं आन्तरिक र बाह्य धार्मिक पर्यटकहरू आउने गर्दछन् । बराहक्षेत्रमा पनि धार्मिक पर्यटकको आवागमन बढ्दै गएको छ ।
अन्नको भण्डार
तराईका झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रवक्ता राजेन्द्र उप्रेतीको भनाइ छ । यी क्षेत्रमा वार्षिक सरदर १२ लाख बढी मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहुँ, अमलिसो, अदुवा, अलैंची, चिया, आलुलगायत पनि उत्पादन हुन्छ । कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश नम्बर १ सबैभन्दा अगाडि छ । कृषिको आधुनिकीकरण गर्ने हो भने तीन जिल्लाले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ । यस वर्ष मात्रै १ नम्बर प्रदेशमा १२ लाख ४० हजार मेट्रिक टन धान फलेको छ ।
धान उत्पादनका लागि मात्रै होइन, मकै, गहुँ, दाल र अन्य तरकारीजन्य उत्पादनका लागि १ नम्बर प्रदेशलाई अरु प्रदेशले भेट्दैनन् । साढे २ दशकअघिसम्म यो क्षेत्रबाट धान, गहुँ, तोरीलगायतका कृषिजन्य उत्पादन निर्यात हुन्थ्यो । तर, वैदेशिक रोजगारीप्रतिको आकर्षण, सरकारी नीति, सिंचाइ सुविधालगायतका कारण कृषिप्रतिको आकर्षण घट्दै गयो र, फलस्वरूप निर्यात घट्दै गई आयातमा बाँच्नुपर्ने अवस्था सिर्जना भयो । सरकारी नीतिमा परिवर्तन, कृषिको आधुनिकीकरण र यान्त्रीकरण, कृषकलाई प्रोत्साहित, सिंचाइ, समयमै मल र उन्नत जातको बिउ उपलब्ध गराउन सके साढे २ दशकअघिकै अवस्थामा पुग्न सकिने पुराना उद्योगी ताराचन खेतान बताउँछन् । चालीसको दशकसम्म यो क्षेत्रबाट चामल, दाल, तोरी, गहुँलगायतका उत्पादन निर्यात हुने गरेको उनी सम्झन्छन् । खेतीयोग्य जमिनलाई बाँझो राख्न नपाउने, जथाभावी हुने प्लटिङमा रोक, आवास र खेतीयोग्य जमिनको वर्गीकरण गरिनुपर्ने उनको भनाइ छ । “यसो गरेमा यो प्रदेशको उत्पादनले अन्य प्रदेशका जनतालाई पनि पुग्छ,” खेतानले भने, “कम्तीमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्न सकियो भने पनि धेरै हदसम्म विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको रूपैयाँ स्वदेशमै अडिन्थ्यो ।” विशेष गरी धान, गहुँ, कमै, दाल, मुसुरो दाल, चिया, अदुवा, मम्लिसो, अलैंची यो क्षेत्रका मुख्य उत्पादन हुन् ।
“माटोको उर्बरतालाई सही रूपमा प्रयोग गरे निश्चय नै १ नम्बर प्रदेश अन्नको भण्डारका रूपमा स्थापित हुनेछ,” बोहराले भने, “त्यसका लागि कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने उचित नीति नियम निर्माण हुनु जरुरी छ ।” पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटामा अदुवा, अलैंची, तरकारी बढी उत्पादन हुन्छन् । कुन जिल्लामा कुन कृषि उत्पादनको सम्भावना छ त्यसको पहिचान गर्नुपर्नेमा उनको जोड छ । प्रदेशका पहाडी क्षेत्रमा उत्पादन हुने चिया, अलैंची, अदुवालगायतका जडीबुटीहरूको माग विश्वबजारमा बढ्दो छ ।
शिक्षा र स्वास्थ्यको हब
केही वर्षअघिसम्म यो क्षेत्रका अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययनका लागि काठमाडौंसहित भारतका विभिन्न सहरमा पठाउँथे । राम्रो उपचारका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता पनि थियो । तर, पछिल्लो समय शिक्षा र स्वास्थ्यमा थपिएको लगानीले यो क्षेत्रका बासिन्दाले उपचारकै लागि अब भारत र काठमाडौं जानुपर्ने अवस्था छैन । स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छ । स्तरीय इन्जिनियरिङबाहेक अन्य सबै अध्ययन हुन्छ यो क्षेत्रमा । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेज गरी ३ वटा मेडिकल कलेजसमेत स्थापना भइसकेका छन् ।
झापाको विर्तामोडमा सुविधासम्पन्न विएनवी हस्पिटल सञ्चालनमा आएको छ । यसले बर्सेनि भारतको सिलीगुढीसहित पश्चिम बंगाल जाने बिरामीलाई रोकेको छ । हरेक वर्ष स्वास्थ्य उपचार र शिक्षाका नाममा विदेशिने नेपाली मुद्रालाई समेत रोकेको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल बताउँछन् । “गुणस्तरीय शिक्षा लिनकै लागि अब काठमाडौं र भारतका विभिन्न सहर जानुपर्दैन,” उनी भन्छन्, “घरमै बसीबसी थोरै शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनिसकेको छ ।” यसले अभिभावकलाई समेत आर्थिक बोझ नहुने उनको तर्क छ । गाउँ–गाउँमा निजी विद्यालय र हस्पिटलको विस्तारले आमसर्वसाधारणलाई सहजता हुँदै गएको छ ।
मोरङ, झापा र सुनसरी, उदयपुरलगायतका स्थानमा बढी शिक्षा र स्वास्थ्यमा लगानी थपिँदै गएको छ । “लगानीअनुसारको सेवा–सुविधामा ध्यान दिइयो भने यो क्षेत्रका जनताले अब शिक्षा र स्वास्थ्यका लागि बाहिर गएर पैसाको खोलो बगाउनु पर्दैन,” शिक्षासेवी वासु न्यौपानेले भने, “यी दुई क्षेत्रमा पर्याप्त भौतिक संरचनाको विकास भइसकेको छ र लगानी पनि भएको छ । अब मात्र सेवालाई व्यवस्थित गरिनुपर्छ ।” विराटनगरका विराट, नोवेल, न्यूरो, ग्रिनक्रस, लाइफगार्ड, हाम्रो, गोल्डेन, सप्तकोसी, विराटनगर आँखा, एम्सलगायत अस्पतालहरूले सेवा दिइरहेका छन् । सरकारीस्तरको कोशी अञ्चल अस्पतालले पनि निम्न आयस्रोत भएका व्यक्तिलाई उपचार अभावकै कारण मृत्यु हुनबाट जोगाइराखेको छ । पल्छिल्लो आक्रमक लगानीले शिक्षा र स्वास्थ्यका लागि यो प्रदेशका जनताले अर्को प्रदेश टेक्नु नपर्ने वातावरण निर्माण हुँदै गएको देखिन्छ । कोशी अस्पताललाई टिचिङ हस्पिटल र पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको पनि तयारी भइरहेको छ ।
प्रदेश नम्बर १ मा पूर्वाञ्चल विश्वविद्यालय र तीनवटा मेडिकल कलेज सञ्चालनमा छन् । नोवेलले १ अर्ब ८० करोडको लगानीमा न्यूरो सेवा विस्तार गरिसकेको छ । जहाँ तेस्रो मुलुकबाट समेत उपचारमा आउन थालेका छन् । नोवेललाई एसियाकै नमुना अस्पताल बनाउने योजनाका साथ अगाडि बढेको प्रबन्ध निर्देशक डा. सुनिल शर्माले बताए । “हामी कुरा होइन काम गरेर देखाउँछौं,” शर्माले भने, “प्रदेशको मात्रै होइन देशले नै गौरव गर्ने अस्पताल बनाउँछौं ।”
लोडसेडिङ कम भएसँगै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरूले लगानी थपेका छन् । यो क्षेत्रका उद्योगीले दैनिक १८ घन्टासम्म लोडसेडिङ झेलेका थिए । उद्योगमा लगानी गर्ने उपयुक्त समय आएको उनीहरू नै बताउँछन् । लोडसेडिङ कम हुनु, मजदुर समस्या समाधान हुनु, राजनीतिक अस्थिरता अन्त्य भएसँगै उद्योगीहरू आशावादी देखिएका छन् । यो क्षेत्रमा पछिल्ला केही वर्षयता उद्योगमा मात्रै १० अर्बभन्दा बढी लगानी भएको छ ।
उद्योग व्यवसायको सम्भावना देखेरै दर्जनौं मारवाडी परिवार राजस्थानबाट यो क्षेत्रमा आएर स्थायी बसोबास गरेको पाइन्छ । विराटनगर जुट मिलको स्थापनासँगै नेपालको आधुनिक औद्योगिक इतिहासको रूपरेखा कोरिएको हो । वि.सं. १९९३ असार ३० गते विराटनगर जुट मिल देशकै सबैभन्दा पहिलो उद्योगको रूपमा स्थापना भएको पाइन्छ । यो उद्योगको स्थापनासँगै जुट, चिनी, सलाई, स्टील, भाँडा, धागो, कपडा, फलामलगायतका उद्योगहरू खुले । “यसरी बाहिरबाट आएका व्यक्तिहरूको समेत उद्योग व्यवसायमा रुची बढ्नु निर्यातमा सहज हो,” उद्योगी उद्योगी महेश जाजु । “यो क्षेत्रमा विराटनगर, काँकडभिट्टा र पशुपतिनगर मुख्य तीनवटा नाका भएकाले आयात निर्यातमा सहजता छ,” जाजुले भने । कृषिजन्य उद्योगका लागि पनि १ नम्बर प्रदेशले प्रचुर सम्भावना बोकेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाइ छ । “जुट, चिनी, अदुवा, चियालगायतका कृषिजन्य उद्योगहरूका लागि उपयुक्त स्थान १ नम्बर प्रदेश नै हो,” उनले भने, “जडीबुडीजन्य उद्योगहरू पनि स्थापना गर्न सकिन्छ ।” कृषिजन्य उद्योगका रूपमा रहेका जुट उद्योगले हरेक वर्ष ५ अर्ब रूपैयाँ बराबरका तयारी सामग्री निर्यात गर्छन् । यसले पनि नेपालको व्यापार घाटालाई केही हदसम्म कम गरेको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाको ठम्याइ छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रसहित १ नम्बर प्रदेशमा झण्डै एक हजारको हाराहारीमा साना–ठूला उद्योग छन् । यी उद्योगहरूमा १ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
विशेष आर्थिक क्षेत्र, लोडसेडिङ अन्त्य, दक्ष जनशक्ति, भौतिक संरचनाको विकासलगायतका सुविधा प्राप्त भए १ नम्बर प्रदेशमा ओद्योगिक विकासको प्रबल सम्भावना रहेको मोरङ व्यापार संघका महासचिव नविन रिजाल बताउँछन् । यो क्षेत्रमा सिमेन्ट र कृषिजन्य उद्योगको प्रचुर सम्भावना देख्छन् उनी । मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलाङचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी तथा भण्टाबारी नाका चर्चित छन् । उत्तरका नाका चालु अवस्थामा नभए पनि दक्षिणका नाका अहिले सञ्चालनमै रहेको छ । सडक सञ्जाललाई व्यवस्थित बनाउँदै उत्तर चीनसँग जोडिएका नाका पनि सञ्चालनमा ल्याउन सके यस प्रदेशमा अझै औद्योगिक व्यापार फस्टाउने उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे बताउँछन् ।
| सर्वोच्च शिखर सगरमाथादेखि मुलुककै सबैभन्दा होचो भूभाग झापाको कचनाकवल |
| ८ हजार मिटरभन्दा माथिका ५ वटा हिमशृंखला |
| हिमाल, पहाड र तराई मिसिएको प्रदेश |
| १ महानगर, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका |
| २५ हजार ९०५ वर्ग किलोमिटर क्षेत्रफल |
| ४५ लाख ३४ हजार ९४३ जनसंख्या |
| साक्षरता दर ६५ प्रतिशत |
| २० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता |
| १३ वटा विमानस्थल |
| १ सय २९ बिघा क्षेत्रफलमा मोरङको बुधनगरमा आईसीपीको निर्माण जारी |
| भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग ट्रयाक खोल्ने काम सम्पन्न |
| वार्षिक १२ लाख ४० हजार मेट्रिक टन धान उत्पादन |
| वीपी, नोवेल र विराटसहित ३ वटा मेडिकल कलेज |
| पशुपतिनगर, मेची र विराटनगर प्रमुख भन्सार नाका |
| हलेसी, पाथिभरा, बराहक्षेत्रलगायतका धार्मिकस्थल |
| मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल (वि.सं. १९९३ असार ३०) |
| विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट गर्दा समय र खर्च कम |
| गुराँसको राजधानी मिल्के–जलजले |
| पहिलोपटक सूर्यले चुम्ने श्रीअन्त |
| ऊर्जा, कृषि र पर्यटनमा सम्भावनैसम्भावना |
| भाषिक, धार्मिक र सांस्कृतिक विविधता |
| सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष |
कारोबारबाट