उनीहरूले चियाको स्वाद चाख्नुका साथै गुणस्तरिय र अर्गानिक चिया खोजी गर्दछन् । यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै ब्यापारीहरूको प्रयोग गर्नुपर्ने हुन्छ । सूर्योदय नगरपालिका र साना चिया ब्यवसायी किसानहरूको सहभागितामा इलाममा अर्गानिक चिया खोजी गर्दछन् । यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

सूर्योदय नगरपालिका र साना चिया एत्पादक तथा ब्यवसायी किसानहरूको आयोजनामा इलाममा ‘तेस्रो चिया महोत्सव’ समेत सम्पन्न भएको छ । सूर्योदय नगरपालिका वडा नम्वर चार श्रीअन्तुमा भएको महोत्सवमा आठ देशका १७ जना नागरिकहरू समेत यहाँ आएका छन् । उनीहरूले यहाँ उत्पादन भएका बिभिन्न कम्पनीका चिया समेत चाखेका थिए ।

आफुलाई मन परेको चियाको स्वाद सहित कम्पनी छनौट समेत गर्दै उनीहरूले चियाको अर्डर गर्नेछन् । २१ वटा साना चिया किसान तथा उद्योगीहरूले उत्पादन गरेको चिया स्वाद परिक्षणका लागि राखिएको थियो ।

बिदेशी ब्यापारीहरूले समेत नेपाली चिया प्रति आफूहरूको आकर्षण वढेको वताएका थिए । गुणस्तरिय चिया छनौटकै लागि आफुहरू चियाको बुट्टा भएकै स्थानमा आएको वताउँदै उनीहरूले किसानलाई अव पनि गुणस्तरिय चिया उत्पादन गर्न हौसला प्रदान गरेका थिए ।

पर्यटकिय स्थल अन्तुमा भएको कार्यक्रममा ब्यवसायीहरूले साना चिया किसानहरू अझैपनि तल परेको धारणा राखे । अन्तर्राष्ट्रिय वजारमा नेपालको चिया पुगे पनि भर्खरै मात्र नेपालमा चियाको आफ्नो लोगो पाएकोमा आफुहरू खुसी भए पनि एकलौटी ढंगबाट लोगो प्रयोग हुने उनीहरूको भनाई छ । होड्पा र ठुला चिया उद्योगीहरूले लोगो आफुखुसी प्रयोग गर्ने भन्दै उनीहरूले चिन्ता ब्यक्त गरेका हुन् ।

चिया उद्योगी सुजन नेपालले नेपाली चियाको लोगो ठुला ब्यपारी र उद्योगीको हातमा आएको र उनहिरूले मात्र यसलाई प्रयोग गर्ने धारणा राखेका थिए । सवै किसान र ब्यापारीहरूले गर्भ गर्नेगरि लोगो प्रयोग गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।